Comments Add Comment

रोल्पाको सुकीदहमा ९३ वर्षीया बृद्धाद्वारा मतदान

१४ असार, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकामा ९३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । सुकिदह- ३ की बालकुमारी खत्रीले मतदान गरेकी हुन् । उनी सुकिदह गाउँपालिकाकै सबैभन्दा बढी उमेरको मतदाता रहेको बताइएको छ ।

उनी मतदान गर्न बडाढुंगा भन्ने ठाउँबाट दुई घण्टा पैदल हिँडेर नाउलीस्थित विरेन्द्रमावि केन्द्रमा आएकी थिइन् । छोरा पूर्णबहादुर खत्रीको सहायतामा उनले मतदान गरेकी छन् ।

आफूले भोट दिएको व्यक्तिले गाउँको विकास गर्ने विश्वास उनले व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment