Comments Add Comment

एसिडले मतपत्र जलेपछि रोकिएको मतदान पुनः सुरु

१४ असार, लिवाङ । मतपेटिकामा एक मतदाताले एसिड हालिदिएपछि रोल्पा नगरपालिका वडानम्बर १० भनभने मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा मतदान जारी राख्ने सहमति भएपछि दुई बजेर पाँच मिनेटबाट पुनः मतदान सुरु गरिएको हो ।

भनभने मतदान केन्द्रको बुथ ‘ख’ को मतपेटिकाभित्र एक मतदाताले एसिड हालेर फरार भएका थिए । मतपेटिकाको सुरक्षामा खटिएका प्रहरीले देखेपछि एसिडले जलेको थाहा भएको थियो । तर, ति व्यक्ति भाग्न सफल भएका छन् ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. विजन भट्टराईले ति व्यक्तिको पहिचान भइसकेको भन्दै छिट्टै पक्राउ गर्ने बताए । तर, उनले पहिचान खुलाउन भने मानेनन् ।

स्रोतका अनुसार एसिडले मतपेटिका भित्रका केही मतपत्र जलेका छन् । प्रजिअ भट्टराईले भने, ‘मत पेटिकाको शिल नखोलिएकाले कति जले भनेर खुलेको छैन । सायद जलेकालाई छाडेर नजलेकालाई गणना गरिन्छ होला ।’

रोल्पाका धेरै ठाउँमा लगभग मतदान सकिएको छ । मतदान केन्द्रहरु सुनसान भइसकेका छन् । फाट्टफुट्ट मात्र मतदाताहरु आउने क्रम जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ पाँच बजेसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment