Comments Add Comment

एक अर्काको हात समाउँदै प्रियंका र आयुष्मान


नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको प्रेम चर्चा नेपाली मिडियामा खुबै छ । यी दुइका हरेक गतिविधी अहिले नेपाली मिडियाका लागि गसिप बन्ने गरेका छन् । यो जोडीलाई लिएर म्यूजिक भिडियो बनाउन चाहनेहरुको संख्या पनि बढेको छ ।

यही क्रममा सुजाता उपाध्याय मानन्धर र राजेश घिमिरेको स्वर रहेको ‘हात समाइ’ बोलको गीतमा प्रियंका  र आयुष्मानले अभिनय गरेका छन् । प्रियंका  र आयुष्मानको सम्बन्ध सुनेर रमाइलो मान्नेहरुका लागि यो भिडियो आफैंमा गतिलो खुराक हुनसक्छ । विशाल भण्डारीले निर्देशन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment