Comments Add Comment

५३ प्रतिशत मत खस्यो, उदयपुर र डडेलधुरामा धेरै

१४ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान अपरान्ह पाँच वजेसम्म जारी रहने छ । दिउँसो १ः३० बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त पछिल्लो विवरण अनुसार, सवैभन्दा बढी उदयपुर र डडेलधुरामा ६५ प्रतिशत मतदान भएको छ ।

यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ । ‘अन्य जिल्लाहरुमा पनि हालसम्म ५० प्रतिशतभन्दा बढी वा ५० प्रतिशतको हाराहारीमा मतदान भइसकेको समेत जानकारी प्राप्त भएको छ’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भनेका छन् ।

यो चुनावबाट प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment