Comments Add Comment

नेप्से परिसूचक बढ्न सकेन, कारोबार ४९ करोडमा सीमित

१४ असार, काठमाडौं । नेप्से परिसूचक बुधवार पनि बढ्न सकेन । यस दिन नेप्से परिसूचक १.२८ अंकले घटेर १५६३ बिन्दुमा सिमित भएको छ ।

बजार पटक पटक बढ्ने प्रयासमा ‘ग्रिन जोन’मा आइपुगेको भएपनि बढ्ने प्रयास असफल भएको हो । यस दिन कारोबार रकम पनि घटेर ४९ करोड रुपैयाँमा सिमित भएको छ ।

होटेल र बिमा समूहको परिसूचक दोहोरो अंकले बढेको छ भने बिकास बैंक र वित्त कम्पनीको परिसूचक पनि बढेका छन् । एभरेष्ट बैंकको अग्राधिकार परिवत्य सेयर र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । सर्किट ब्रेक लागेपनि त्यो भन्दा कम मूल्यमा सेयर किनबेच चाहेको भए कारोबार भने रोकिने अवस्था बन्दैन् ।

फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको पनि सेयर मूल्य ८ प्रतिशतले वृद्धि भएको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर र सिन्धु बिकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै क्रमशः ७ प्रतिशत र ४ प्रतिशतको दरमा घटेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै ४ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment