Comments Add Comment

धनकुटामा २ नक्कली मतदाता पक्राउ

१४ असार,  धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका- ६ राजारानी को जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा २ जना नक्कली मतदाताहरु पक्राउ परेका छन् ।

दिउँसो पौने २ बजेतिर अरुको नाममा मतदान गर्न खोज्ने क्रममा २ यूवाहरु पक्राउ परेको चौबिसे गाउँपालिकाका मतदान अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए ।

कालाखेतीका अनुसार दिउँसो पौने २ बजेतिर अरुको नाममा मतदान गर्न खोज्ने क्रममा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु रहेको निर्वाचन अधिकृत नगेन्द्र कालाखेतीले जानकारी दिए

उनीहरुलाई छानबिनका लागि सुरक्षाकर्मीहरुले हिरासतमा राखेको कालाखेतीले जानकारी दिए ।

निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा ७ को उपदफा ३ अनुसार अरुको नाममा मतदान गर्नेलाई मतदान अधिकृतले  १ देखि २५ हजारसम्म जरीवाना गर्न पाउने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment