Comments Add Comment

कालाफाँटा मतदान केन्द्र नजिकै आगलागी हुँदा १६ घरगोठ नष्ट

१४ असार, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका वडानं. ३ अन्गर्गत पर्ने कालाफाँटामा मतदान हुँदै गरेको समयमा आगलागी भएको छ ।

कालाफाँटा मतदान केन्द्र नजिक आगलागी हुँदा १३ वटा घर र ३ वटा गोठ नष्ट भएको छ भने मतदान केही बेरका लागि प्रभावित भएको थियो । सो आगलागीमा परेर कुनै मानवीय क्षति भएको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले दिएको जानकारी अनुसार विहान ११ः१० बजे तिर एक्कासी स्थानीय राजकुमार मौर्यको घरबाट सुरु भएको सो आगोले १३ घर ३ गोठ जलेर नष्ट भएको छ । साथै लत्ता कपडा, अन्नपातलगायतका सामानहरु जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी, स्थानीय बासिन्दा र त्ययहाँ मतदान केन्दमा खटिएका प्रहरीहरुको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । अबरुद्ध भएको मतदान पनि नियमित भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी अनुसन्धान भइरहेको इप्रका भोजभगवानपुरले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment