Comments Add Comment

प्रदेश नम्बर ७ मा सत्तापक्षले बुथ कब्जा गरेको एमालेको आरोप

धाँधली भएका ठाउँमा पुनः मतदान हुनुपर्छः योगेश भट्टराई


१४ असार, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले ७ नम्बर प्रदेशका बिभिन्न मतदान केन्द्रमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएको छ ।

दोस्रो चरणको मतदान सकिए लगत्तै एमाले केन्द्रीय प्रच्ाार बिभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गरी बझाङ, डोटी, डडेलधुरा, अछाम, कैलाली लगायतका जिल्लामा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् । अछामको साँफेबगर नगरपालिका ७ को सरस्वती मावि मतदान केन्द्रमा हुलहुज्जत गरी सत्तापक्षले कब्जा गरेको र डोटीको के आई सिंह गाउँपालिकामा पनि बुथ कब्जा गरिएको एमालेको दाबी छ ।

अछामको मेल्लेख, बिनायक, बझाङको चैनपुर र कैलालीको बद्रगारिवाल लगायतका ठाउँमा सत्ताको आडमा ब्यापक धाँधली गरिएको आरोप एमालेले लगाएको छ । एमालेको विज्ञप्तिमा भनिएको छ-पहिलो चरणको निर्वाचनमा यस्तै धाँधली भएकोमा संसदबाट संसदीय छानविन समिति बनिसकेको अवस्थामा त्यहि रवैया दोहोर्‍याइनुले हामीलाई चिन्तित बनाएको छ ।’

एमालेले सत्ता संरक्षित धाँधली भएका मतदान केन्द्रहरुमा पुनः मतदान गराउन माग गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment