Comments Add Comment

पोखरा विश्वविद्यालय ब्यबस्थापन संकायको डीनमा खड्का


१४ असार, पोखरा । पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डीनमा प्राध्यापक हरिबहादुर खड्का नियुक्त भएका छन् ।

आगामी ४ वर्षे कार्यकालका लागि खड्का डीनमा नियुक्त भएका हुन् । गत असार ९ गते बसेको पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयले खड्कालाई डीनमा नियुक्त गरेको पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

पोखरा विश्वविद्यलयको स्थापना कालदेखि नै विश्वविद्यालयमा अध्यापन गराउँदै आएका प्राध्यापक खड्काले यसअघि क्याम्पस प्रमुख, विश्वविद्यालय सभाको सदस्य, परीक्षा समिति सदस्य, योजना महाशाखा प्रमुख पदमा रहेर काम गरिसकेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० खुदी ढुंगेपाटनमा मुख्य कार्यालय रहेको पोखरा विश्वविद्यालय अन्र्तगत ४ वटा आंगिक क्याम्पस र ५८ वटा सम्बन्धन प्राप्त कलेज छन् । व्यवस्थापन संकाय अन्तर्गत ४८ वटा कलेज रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment