Comments Add Comment

एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति प्रदान

१४ असार, काठमाडौं । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजना अन्तर्गत २०७३ सालको माध्यामिक शिक्षा परीक्षा -एसईई) मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यामिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने बि्रज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।

यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन गर्ने १६ वटा बि्रज कोर्स इन्स्टिच्युटहरुका ३/३ जना उत्कृष्ट विद्यार्थीहरु गरी हाल सम्म ४८ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति स्वरुप प्रत्येकलाई रु ५,००० प्रदान गरेको छ । आफ्नो प्रतिबद्धता अनुरुप, एनसेलले योग्यता पुगेका अरु थप विद्यार्थीहरुलाई पनि यो योजना रहुञ्जेल आंशिक छात्रवृत्ति प्रदान गर्दै जानेछ ।

बि्रज कोर्स इन्स्टिच्युटहरुले विभिन्न समयमा लिएको आन्तरिक परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरु आंशिक छात्रवृतिका लागि छानिएका हुन् । २०७३ सालका एसईई परीक्षार्थीलाई ध्यानमा राख्दै एनसेलले ‘पहिलो सिम’ योजना अन्र्तगत उत्कृष्ट विद्यार्थी छनोट तथा छात्रवृत्ति प्रदान गर्नका लागि विभिन्न बि्रज कोर्स इन्स्टिच्युटहरुसँग सहकार्य गरेको छ ।

एनसेलका अनुसार, आंशिक छात्रवृत्ति माध्यामिक शिक्षा पछिको उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षामा सहभागी भईरहेका विद्यार्थीहरुको मिहेनतको फल हो ।

‘पहिलो सिम’ योजना अन्र्तगत परीक्षार्थीहरुले लिएको सिमले उनीहरुको सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्दै आफ्ना साथीभाई तथा परिवारसँग सम्पर्कमा रहि रहन मद्दत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

असार १६ सम्म रहने यो योजना अन्तर्गत, २०७३ सालका एसईई परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्छन् र माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment