Comments Add Comment

चुनावमा उत्साहजनक जनसहभागिता बाँकी निर्वाचन सफलताको पूर्वसंकेतः देउवा

१४ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले लोकतन्त्रको जगलाई झन मजबुत बनाएको बताएका छन् । साथै उनले मतदाता तथा निर्वाचन आयोग लगायतलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री देउवाले संविधानको सर्वस्वीकार्यता बढाउँदै तीन तहको चुनाव गराउनु आफ्नो सरकारको मुख्य दायित्व भएको बताएका छन् । उनले भनेका छन्, ‘दोस्रो चरणको चुनावमा देखिएको उत्साहजनक जनसहभागिताले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो वा अन्तिम चरणको स्थानीय चुनाव र त्यसपछि हुने प्रदेश र केन्द्रको चुनाव सफलताको पूर्वसंकेत गरेको छ ।’

उनले तीनै तहको चुनाव गरेर संविधानको पूर्ण कार्यान्वयन गर्न र मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धितर्फ अघि बढाउन आफ्नो सरकार दृढ संकल्पित रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले भने, ‘चुनावमा जनताको साथ, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरुलाई थप प्रेरणा मिलेको महशुस मैले गरेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment