Comments Add Comment

२ करोड पटक हेरिने पहिलो गीत बन्यो ‘सुर्के थैली’


राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको ‘सुर्के थैली खै’ बोलको गीतको भिडियोलाइ युटुबमा २ करोड भन्दा बढी पटक हेरिएको छ । यो गीतमा राजनराजका अतिरिक्त अञ्जु पन्त र राजु विश्वकर्माको पनि स्वर छ ।

चलचित्र ‘वडा नम्बर छ’मा रहेको यो गीतको भिडियोमा दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेका छन् । नेपाली गीतलाई युट्युबमा दुई करोड दर्शकले हेरेको यो पहिलो हो ।

आफ्नो श्रृजनालाई दर्शकले दिएको मायाले उत्साहित भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट श्रृजना पस्कने संगीतकार शिवाकोटीले बताए ।
सिवाकोटीकै संगीत रहेको अर्को चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ बोलको गीतलाई पनि युट्युबमा १ करोड ६१ लाख पटक हेरिएको छ ।

रिलिज हुन बाँकी रहेको अर्को चलचित्र ‘दुइ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा पनि राजनराजकै संगीत छ । जुन गीतलाई युट्युबका ६९ लाख पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment