Comments Add Comment

सलमान र सुनिलले पनि उछिन्न सकेनन् कपिललाई


सोनी टेलिभिजनबाट प्रशारण हुने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को टीआरपी केही समय घटेको थियो । विशेषगरि, टिमका सबै सदस्यले शो छाडेपछि कपिल समस्यामा परेका थिए । तर, अहिले उनी विस्तारै उकालो लाग्न थालेका छन् ।

कपिलको शोबाट निस्किएका चर्चित कलाकार सुनिल ग्रोवरलाई लिएर एउटा शो तयार पारिएको थियो । नायक सलमान खान र सोहिल खान अतिथीको रुपमा पुगेको शो कार्यक्रमको नाम ‘सुपरनाइट विथ ट्यूबलाइट’ राखिएको थियो । सुनिल ग्रोवरदेखि अन्य चर्चित कलाकारको साथमा सलमान र सोहिलले दर्शक हसाँउने प्रयास गरे । यो शो भन्दा अगाडि सलमान कपिलको शोमा पुगेका थिए ।

तर, यो शोले कपिल शर्माको ‘द कपिल शर्मा’शोलाई टीआरपीमा उछिन्न सकेन । कपिलको शो टीआरपीको आठौ स्थानमा रहँदा सुनिलको यो शो १६ औ स्थानमा रहेको छ ।

सुनिल र सलमानको साथले पनि कपिललाई उछिन्न नसकेपछि अहिले कपिलको लोकप्रियताको चर्चा सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment