Comments Add Comment

अपहरणको तेस्रो दिनमै उद्योगी श्रेष्ठको हत्या भएको खुल्यो, ढुंगाको थुप्रोमा भेटियो शव


१६ असार, सल्यान । दाङका उद्योगी राजकुमार श्रेष्ठको अपहरणमा परेको तीन दिनमै हत्या भएको खुलेको छ । घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५२ वर्षीय श्रेष्ठ गत जेठ २७ गते अपहरणमा परेका थिए । पैसाकै लागि उनको अपहरण भएको खुलेको छ । प्रहरीकाअनुसार अपहरणकारीले एकपटक परिवारलाई सम्पर्क गरी ३ करोड फिरौती मागेका थिए, उतिबेला उनको हत्या भइसकेको थियो ।

प्रहरीका अनुसार अपहरणपछि श्रेष्ठलाई लगातार तीन दिन हिँडाएर सल्यान पुर्‍याइएको थियो । लगातार हिँडाएपछि मोटो शरीर र डाइबिटिजका विरामी श्रेष्ठ ढले । ‘उपचार गराउन पनि सकेनन्, बोकेर लैजान पनि नसक्ने भएपछि हत्या गरेको खुलेको छ,’ सीआईबीका दिवेश लोहनीले अनलाइनखबरसँग भने ।

हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परेपछि उनीहरुकै सूचनाका आधारमा प्रहरीले शुक्रबार उद्योगपति श्रेष्ठको शव भेट्टाएको छ । सल्यान, छत्रेश्वरी गाउँपालिका-४ झिम्पे भन्ने स्थानमा ढुंगाको थुप्रोमा पुरिएको अवस्थामा श्रेष्ठको शव भेटिएको हो ।

अनुहार नचिनियोस् भनेर ढुंगाले हानेको पाइएको छ ।

श्रेष्ठ हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको छ । घटना अनुसन्धान गर्न नेपाल प्रहरीले चार सदस्यीय समिति गठन गरेको थियो । अञ्चल प्रहरी कार्यालय राप्तीका प्रमुख एसएसपी ज्ञानविक्रम शाहको संयोजकत्वमा गठित समितिमा दाङ, सल्यान र बाँकेका प्रहरी प्रमुख सदस्य थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment