Comments Add Comment

बैंकमा जागिर खाने हो ? सिभिल बैंकमा ६५ जनालाई अवसर


१८ असार, काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ ।

बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, रिलेशनसिप अफिसर १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना, अपरेशन इन चार्ज ८ जना माग गरेको छ ।

त्यस्तै, बैंकले क्रेडिट कन्ट्रोल अफिसर ३ जना, चार्टर्ड एकाउन्टेन्ट ७ जना, लायबिलिटि एण्ड ट्रान्सजेक्सन बैंकिङको लागि ३ जना, माइक्रो बैंकिङको लागि १ जना, अपरेटिङ असिस्टेन्टमा ९ जना र डिजिटल बैंकिङ अफिसरमा २ जनाको माग गरेको छ ।

यी मध्ये कतिपय पदमा आवेदन दिनेहरु भने उपत्यका बाहिरका कार्यालयको लागि छनौट गरिने भएको हो । यी पदहरुमा साउन १ गते साँझ ५ बजेसम्ममा इच्छुकहरुले आवेदन दिइसक्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment