Comments Add Comment

अर्घाखाँचीको भुमिकास्थानमा कांग्रेस-माओवादी गठबन्धन विजयी

१८ असार, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा कांग्रेस-माओवादी गठबन्धन विजयी भएको छ । गठबन्धनबाट माओवादीका मेयर पदका उम्मेदवार रेशम थापा र उपमेयरमा कांग्रेसका खडानन्द बेल्बासे निर्वाचित भएका छन् ।

मेयर पदमा विजयी थापाले ५ हजार ३२० मत प्राप्त गरेका छन् । थापाका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनालले ४ हजार ५४२ मत पाए । एमालेका पिताम्बर भुसालले ४ हजार २५० मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा निर्वाचित कांग्रेसका खडानन्द बेल्वासेले ५ हजार २३० मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्वासेले ४ हजार ७०१ र जनमोर्चाका शकुन्तला रानाले ३ हजार ५६६ मत प्राप्त गरे ।

भुमिकास्थानका १० वडाहरुमध्ये एमाले र जनमोर्चाले ४-४ वडा जितेका छन् । कांग्रेस र माओवादी १-१ वडामा विजयी भएका छन् ।

मालारानी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको मालारानी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा एमालेका बालकृष्ण आचार्य ६ हजार ५०३ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादी गठबन्धनका पदम क्षेत्रीले ५ हजार ५०४ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि नेकपा एमालेकी प्रमिला क्षेत्री विजयी भएकी छन् । उनले ६ हजार ५२२ मत प्राप्त गरेकी छन् । क्षेत्रीको निटतम प्रतिद्वन्दी कांग्रेसकीस् शान्ता खनालले ५ हजार २१० मत ल्याइन् ।

मालारानी गाउँपालिकाका ९ वटा वडाहरुमध्ये ६ वटा वडा नेकपा एमालेले र ३ वटा वडा माओवादीलेे जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment