Comments Add Comment

बलिउड फिल्मको टिकटको मूल्य बढ्दै

जुलाई १ देखि भारतमा ‘एक राज्य, एक कर’ अन्तर्गत जीएसटी लागु भएको छ । यसको सोझो असर बलिउडमा पर्ने नै भयो । भनिन्छ, जिएटी लागु भएपछि मनोरञ्जन पनि महंगो हुनेछ । खासगरी बलिउड फिल्मका दर्शकले अतिरिक्त खर्च बोक्नुपर्नेछ ।

जीएसटी काउन्सिलले मनोरञ्जन कर १८ र २८ प्रतिशत तय गरेको छ, यसमा बलिउड सिनेमा र राज्यको सिनेमा समावेश हुनेछ ।

जिएसटी अन्र्तगत दर्शकले भारु १ सय रुपैयाँ  वा त्यसभन्दा कम टिकटमा १८ प्रतिशत ट्याक्स चुकाउनु पर्नेछ । भारु १ सय रुपैयाँ भन्दा बढी टिकटमा २८ प्रतिशत ट्याक्स चुकाउनु पर्नेछ ।

बितरकहरुको भनाईमा, सिंगल थिएटरको तुलनामा जिएसटी मल्टिप्लेक्समा बढी बोझिलो हुनेछ । यसले परोक्ष रुपमा सिंगल थिएटरतर्फ दर्शकको आकर्षण भने बढाउनेछ ।

यसअघि राज्यले नै मनोरञ्जन कर निर्धारण गर्ने गथ्र्यो । त्यसैले विभिन्न राज्यमा बन्ने फिल्मको कर भिन्न भिन्नै हुने गथ्र्यो । अहिले भने सबैमा एकरुपता ल्याइएको छ, चाहे त्यो बलिउडको कुरा होस् वा दक्षिण भारतको नै । कन्नड फिल्ममा त मनोरञ्जन कर नै लगाइएको थिएन, यसअघि । तर, अब सबैमा जिएसटी लगाएपछि टिकटको मूल्य बढ्नेछ । यहि कारण अहिले कति कलाकारले जिएसटीको बिरोध जनाएका छन् । खासगरी बलिउडको उच्च बजेटको फिल्म र राज्यमा बन्ने सानो बजेटको फिल्मलाई एउटै करमा समेट्नु अन्यायपूर्ण हुने तर्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment