Comments Add Comment

‘ट्यूबलाइट’ असफल भएपछि सलमानको इद रणवीरले छिने


नायक सलमान खानलाई यो बर्षको इदमा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’को असफलताले ठूलै झट्का त दिएको छ । अब, उनलाई नायक रणवीर कपुरले अर्को झट्का दिने भएका छन् ।

बलिउडमा इद भन्ने वित्तिकै सलमानको चलचित्र रिलिज हुने पर्वको रुपमा वुझिन्छ । हरेक बर्षको इद, सलमानले नै बुक गर्दै आएका छन् । तर, आउँदो बर्षको इद महिना नायक रणवीर कपुरले बुक गरेका छन् ।

यो बर्षको क्रिसमसबाट पछाडि सरेको रणवीर कपुर अभिनित चलचित्र ‘दत्त बायोपिक’ अब आउँदो बर्षको इदमा रिलिज हुने भएको छ ।
राजकुमार हिरानीको निर्देशनमा तयार भैरहेको यो चलचित्र नायक संजय दत्तको जीवनीमा आधारित छ । सर्वाधिक प्रतिक्षित यो चलचित्रलाई लिएर लामो समयदेखि चर्चा पनि भैरहेको छ ।

आउँदो बर्षको इदमा सलमानकै अभिनय रहने ‘भारत वा दबंग ३’ पनि रिलिज हुने चर्चा छ । यस्तो अवस्थामा क्रिसमसमा टरेको रणवीर र सलमानको भिडन्त, इदमा हुने पक्का भएको हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment