Comments Add Comment

कुलप्याड स्मार्ट फोनमा जेबिएल हेडफोन निःशुल्क


१९ असार, काठमाडौं । कुल प्याड स्मार्ट फोन नेपालले ‘कुल १ : ग्रुभ विथ दि कुल वान’ नामक योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक कुल प्याठ कुल १ मोबाइलको खरिदमा ग्राहकले जेबिएल-इन इयर हेडफोन निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजना देश भरको आधिकारिक कुल प्याड काउण्टरमा मात्र लागु हुनेछ । नेपालको लागि कुल प्याड स्मार्टफोनको आधिकारिक बिक्रेता जय माँ इन्टरकन्टिनेन्टले रहेको छ ।

नेपालमा कुल प्याड स्मार्टफोनमध्ये कुल १ मोबाइल यो बर्षको प्रमुख मोडल भएको कम्पनीले उल्लेख गरेको छ । १३ मेगा पिक्सल डुअल रिअर क्यामेरा भएको डुअल टेम्र्पेचर लिड फ्लास सहितको यो मोडल नेपालमै पहिलो भएको कम्पनीको दाबी छ । डुअल रिअर क्यामेराले तस्विरहरु लिने मात्रै नभएर ४ के अल्ट्रा एचडी भिडियो रेकर्डिङ पनि गर्न सकिनेछ ।

कुल प्याडमा क्वाडकम स्न्याप ड्रागन ६५२ र एडरेनो ५१० जीपीयूबाट पावर प्रोसेसिङ हुन्छ भने यसमा ४ जीबि र्याम र ३२ जीबी रोम समेत रहेको छ । कर्निङ गोरिल्ला ग्लासले यसको स्क्रिन सुरक्षित बनाएको छ भने यसमा उच्च क्षमता (४०६० एमएएच) को ब्याट्रि रहेको छ । युएसबी टाइप सी समेत रहेको यस कुल प्याडमा यसको सहयोगले डाटा ट्रान्सफर गर्न सकिन्छ ।

कम्पनीका अनुसार जेबिएल-इन इयर हेडफोन अन्यभन्दा उत्कृष्ट मानिन्छ । बास साउण्ड, वान बटन रिमोट माइक्रोफोन बिशेषता रहेको यो हेडफोन अन्य हेडफोनभन्दा फरक रहेको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment