Comments Add Comment

ह्वाट्सएपमा थपिए दुई गज्जब फिचर्स


मेसेजिङ एप ह्वाट्सएपले आफ्नो एन्ड्रोइड एपमा दुई नयाँ फिचर थप गरेको छ । प्रयोगकर्ताले यी दुई फिचर्सको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए र यो सँगै अब ह्वाट्सएपमा मेसेज पठाउन अझै सजिलो हुनेछ ।

अब टेक्स्टलाई यसरी गर्नुहोस् बोल्ड/इटलिक

ह्वाट्सएपमा टेक्स्ट पठाउने कार्यलाई अझै उत्कृष्ट बनाउनका लागि टेक्स्टमा रहेका शव्दहरुलाई सेलेक्ट गरी त्यसलाई बोल्ड तथा इटलिक बनाउने र अक्षरको रङ समेत बदल्न सक्नुहुनेछ । अब तपाइँले आफ्नो लेखेका टेक्स्टमा कुनैपनि एक शव्दलाई केही बेरसम्म प्रेस गरेर सेलेक्ट गर्न सक्नुहुन्छ । त्यसपछि त्यसको माथि तर्फ तपाइँले ३ वटा विन्दु देख्नुहुनेछ । ती तिनवटा विन्दुमा ट्याप गरिसकेपछि तपाइँले टेक्स्टलाई कपी, पेस्ट गर्नुका अलावा त्यसलाई बोल्ड, इटलिक गर्ने वा रंग समेत बदल्न सक्नुहुन्छ ।

ह्वाट्सएपले टेक्स्टलाई बोल्ड तथा इटलिक गर्ने फिचर गत वर्ष पनि पेश गरेको थियो, तर त्यसको प्रक्रिया अलिक जटिल थियो । जुन अब सहज बनेको छ ।

इमोजी खोज्न तथा जिआइफ पठाउन पनि सहज

ह्वाट्सएपमा थप भएको अर्को फिचरबाट अब तपाइँ कसैलार्य पठाउनका लागि इमोजी खोज्न सक्नुहुनेछ । इमोजी किबोर्डको तल सर्चको आइकन देखिनेछ । जसबाट तपाइँले इमोजी खोज्न सक्नुहुनेछ । यसका साथै अब ह्वाट्सएपमा केही डिफल्ट जिआइएफ पनि हुनेछन् । जसलार्य तपाइँ कसैलाई पठाउन सक्नुहुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment