Comments Add Comment

सलमानलाई साहरुखले दिए ‘लक्जरी कार’ उपहार


बलिउडका चर्चित दुई नायक साहरुख खान र सलमान खानको दोस्ती पछिल्लो समय यसरी बढेको छ कि उनीहरुको सम्बन्धलाई लिएरै कतिपय कलाकार डाहा गर्ने स्थितीमा छन् ।

साहरुख खान र सलमान खानलाइ दर्शकले चलचित्र ‘ट्यूवलाइट’मा एकसाथ देखेका थिए । अब, उनै साहरुखको पैचो तिर्दे सलमानले पनि साहरुख अभिनित एक चलचित्रमा विशेष भूमिका निर्वाहा गरेका छन् ।

साहरुख र सलमानले ३ दिनको सेड्यूल बनाएर एक गीतको छायांकन यशराज स्टूडियोमा गरिरहेका छन् । साहरुखको मुख्य भुमिका रहेको आनन्द एल रायको चलचित्रमा अतिथी कलाकारको रुपमा सलमान देखिने भएपछि साहरुखले सलमानलाई महंगो कार उपहार दिएका छन् ।

पहिलो दिन चलचित्रको गीतको सुटिङ थियो । सलमान आफ्नो सुटिङ छाडेरै शाहरुखको सुटिङमा आए । उनै, सलमानलाई साहरुखले सरप्राइज स्वरुप लक्जरी कार उपहारमा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment