Comments Add Comment

कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी विजयी

२२ असार, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएको छ ।

माओवादी केन्द्रका मेयर उम्मेदवार पोतिलाल चौधरी ६ हजार ७६४ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका बल्लभराज भट्टले ६ हजार ४०७ मत पाए ।

कांग्रेस उम्मेदवार हरेन्द्र सिंह विष्टले ५ हजार ४१२ मत पाए ।

मेयर पद माओवादीले जिते पनि उपमेयरमा भने एमालेकी चित्रा कुमारी चौधरी विजयी भइन् । उनले ६ हजार ७४८ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment