Comments Add Comment

नेपालको ‘क्लीन फिड’ नीतिले भारतीय टेलिभिजनहरु तनावमा !


२२ असार काठमाडौं । विदेशी टेलिभिजन च्यानलहरु क्लीन फिडमा प्रशारण गर्ने नेपाल सरकारको तयारीबाट भारतीय टेलिभिजन च्यानलहरु चिन्तामा परेका छन् । भारतीय टेलिभिजनहरुको छाता सङ्गठन् इन्डीयन ब्रोडकास्टीङ फाउन्डेसन् (आइबिएफ) ले विज्ञप्ति नै जारी गरेर क्लीन फिड नीति तत्काल लागु नगर्न नृेपाललाई ‘सुझाव’ दिएको छ ।

क्लीन फिड निती लागु भएसँगै बिदेशी च्यानलले नेपालमा बिज्ञापनरहित कार्यक्रम मात्रै प्रसारण गर्न पाउँछन् । अर्थात, यो नियम लागु भएपछि नेपालीहरुले भारतीय तथा अन्य देशका टेलिभिजनबाट प्रसारण हुने विभिन्न कार्यक्रममा बिज्ञापन हेर्नुपर्ने बाध्यता हट्नेछ । यसबाट स्वदेशी विज्ञापन क्षेत्रलाई सोझो फाइदा पुग्नेछ भने विदेशी टिभी च्यानलहरुलाई घाटा लाग्नेछ ।

आइबिएफले एक प्रेस विज्ञप्ति नै जारी गरेर तत्काल यस्तो नीति लागू नगर्न आग्रह गरेको हो । यसबाट नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्ने उसको दावी छ ।

‘यो नियम लागू भएमा नेपालको आर्थिक समृद्धिमा असर पर्ने देखिन्छ, बिशेषगरी यसले नेपालको राजस्व संकलन र रोजगारीमा असर गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

आइबिएफले यो विभिन्न सोकारबालासँग आवश्यक छलफल नै नगरी ल्याइएको पनि उल्लेख गरेको छ । नेपालमा ‘एभरेज रेभिन्यु पर युजर’ पनि कम भएकाले तत्काल यसलाई कार्यान्वयन गर्न आर्थिक हिसाबले उचित नहुने आइबिएफको भनाई छ । साथै उसले नेपालमा एन्टी पाइरेसी काुनन पुर्ण रुपमा कार्यान्वयनमा ल्याएपछि मात्रै यो उचित हुने बताएको छ ।

यो नीति कार्यान्वयन गर्नु पुर्व नेपालको बोर्डएकास्टिङ सेवा पुर्णरुपमा डिजिटलाइजेशन गर्नको लागि उसले सुझाव दिएको छ । आइबिएफले नयाँ च्यानलालाई समेत क्लीन फिडबिना प्रसारणमा जान दिन अनुरोध गरेको छ ।

सञ्चार मन्त्रालयले आगामी १ साउनबाट क्लीन फिड नीति लागू गर्ने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment