Comments Add Comment

एमाले जिल्ला अध्यक्षलाई हराउँदै कांग्रेसका रमेश बने बुद्धशान्तिको प्रमुख

२३ असार, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस उम्मेदवारले एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई हराएका छन् । कांग्रेस उम्मेदवार रमेश भुजेल ७ हजार ९ सय ९६ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी पाठकले ७ हजार ३ सय ५३ मत ल्याए । पार्टी अध्यक्ष उठेको गाउँपालिकामा आफ्नो जीतलाई एमालेले प्रतिष्ठाको विषय बनाएको थियो । तर, अध्यक्षको गृह गाउँपालिकामा ६ सय ४३ मत अन्तरले पराजित भएको छ ।

त्यहाँ २ हजार ६६ मतसहित माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । माओवादी केन्द्रबाट खड्ग तिम्सिना ‘पवन’ उम्मेदवार बनेका थिए ।

यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी भएकी छिन् । उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।
भुर्तेलकी निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् । माओवादीबाट उपमेयरकी उम्मेदवार बनेकी अस्मितकला लिम्बुले २ हजार ५ सय ८ मत प्राप्त गरिन् ।

अध्यक्षको वाडमा एमालेको प्यानलै विजयी

अध्यक्षको गाउँपालिकामा हार व्यहोरेको एमालेले अध्यक्षको वाडमा भने जीत निकालेको छ । पाठकको वडा नं. २ मा एमालेको प्यानलै विजयी भएको छ ।

यो वडामा एमालेका दिलिप श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment