Comments Add Comment

टेलिकमको बीटीएस टावरको विस्तार तीव्र

२३ असार, काठमाडौं । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ ।

धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याइएको छ ।

गत बैशाखदेखि धौलागिरी अञ्चलका दुर्गम तथा ग्रामीण स्थानहरुमा ७४ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने ३८ वटा थ्रीजी बिटीएस स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यी स्थानहरुमध्ये कतिपय यसअघि कुनै पनि सेवा नपुगेका स्थानहरु जस्तै मुस्ताङको मुक्तिनाथदेखि लोमान्थाङ सम्मको सम्पूर्ण उपल्लो मुस्ताङ, म्याग्दीको गुर्जा र बाग्लुङको ढोरपाटन पनि रहेका छन ।

त्यस्तैगरी गत दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका सात नयाँ स्थानहरुमा १३ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २ वटा थ्रीजी बिटीएस म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दुधिलाभाटी स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

यस मध्ये नेपाल टेलिकमले म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र पाखापानीमा ३० मिटरको ग्राउण्ड बेस्ड बिटीएस टावर स्थापना गरी थ्रीजी सेवा सञ्चालनमा ल्याएको छ । उक्त टावर सञ्चालन पश्चात पाखापानी, कोटडाँडा, ठाडाखानी, रायखोर, चिमखोला, दमीज र कुइनेमंगलेका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् ।

साथै बाग्लुङको पयँूपाटा खर्सेडाँडामा बिटीएस टावर स्थापना गरी टुजी तथा थ्रीजी सेवा सञ्चालनमा ल्याएको छ । उक्त टावर सञ्चालन पश्चात पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् । अव यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment