Comments Add Comment

जब मेयरले गरे गोहीसँग बिहे


खतरनाक जिव गोहीसँग मानिसहरु थर्कमान हुन्छन् र नजिक पर्न डराउँछन् । तर मेक्सिकोमा भने एकजना मानिसले त्यही गोहीसँग बिहे गरेका छन् ।

मेक्सिकोका सेन पेड्रो हुआमेलुलाका मेयर भिक्टर एगुइलरले गोहीसँग बिहे गरेका हुन् । यो बिहे आजकल चर्चामा छ ।

गत जून महिनाको अन्त्यमा ती मेयर र गोहीबीच बिहे सम्पन्न भएको हो ।

बिहेमा पोथी गोहीलाई बेहुलीजस्तै सजाइएको थियो । गोहीलाई सेतो रंगको गाउन पहिराइदिइएको थियो । साथै टाउकोमा फूलको क्राउन पनि पहिरिएको थियो गोहीले ।

मेयर भिक्टर र गोहीबीचको बिहेमा ठूलो संख्यामा पाहुनाहरु सहभागी भए ।

बिहेमा मेयर भिक्टर बेहुलाको रुपमा सिँगारिएका थिए । ब्याण्डबाजा तथा जन्तीहरुसँगै उनी गोहीसामु पुगेर बिहे गरे ।

बिहेमा सामेल मानिसहरुले बिहेको पार्टीको भरपूर आनन्द लिए । खासमा ती मेयरले किन गोहीसँग बिहे गरे त ? यसको कारण रोचक छ ।

मेक्सिकोमा माछाको कारोबार निकै बढिरहेको छ । यस्तोमा यहाँ करीब २ सय वर्ष पूरानो एक मान्यता छ कि यदि गोहीसँग बिहे गर्ने हो भने समुद्रमा माछा तथा सी फूडको संख्यामा वृद्धि हुन्छ । जसका कारण त्यहाँ माछाका व्यापार रातारात बढ्दछ र प्रशस्त फाइदा हुन्छ ।

यही परम्परागत मान्यताका कारण मेयरले गोहीसँग बिहे गर्न बाध्य भएका हुन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment