Comments Add Comment

नेपालमा बजार हिस्सा बढाउँदै ओप्पो,  विक्रेता भन्छनः अधिकांश उपभोक्ता ओप्पोकै बारेमा सोध्छन् 

विश्व बजारमा उल्लेखनिय सफलता हात पार्न सफल स्मार्टफोन ब्राण्ड ओप्पो नेपाली बजारमा प्रवेश गरेको झण्डै १० महिना भएको छ । एफ सिरिज अन्तर्गतको सेल्फी एक्स्पर्ट क्यामेरा फोन ‘एफवान एस’को साथमा कम्पनी सन् २०१६-सेप्टेम्बर-१२ देखि नेपाली बजारमा प्रवेश गरेको हो ।

छोटो अवधि भएतापनि ओप्पो क्यामेरा फोनको लोकपि्रयता हेर्दा भने कम्पनी, नेपालमा स्थापित ब्राण्डका रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । उत्कृष्ट क्यामेरा, आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि सुसज्जित उत्पादन कम्पनीको सफलताको प्रमुख कारण भएको बजार विश्लेषकहरुको भनाइ छ । साथै, कम्पनीको पृथक तथा प्रभावकारी बजार नितिको पनि यसमा उल्लेखनिय भुमिका रहेको उनीहरु बताउँछन् ।

विश्व बजारमा ओप्पो चौथौ स्थानमा

ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)का अनुसार पनि सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमै ओप्पो चौथौँ स्थानमा परेको छ । उक्त त्रैमासमा ओप्पोले २५ दशमलव ६ मिलियन विक्रि परिमाण (सेल्स भोल्यूम) र २९ दशमलव ८ प्रतिशत इयर अन इयर ग्रोथ हात पारेको तथ्याङ्कमा उल्लेख छ । आईडीसीद्वारा प्रस्तुत प्रतिवेदनमा चिनियाँ बजारमा बलियो उपस्थितीका लागि ओप्पोको मध्यम बर्गिय क्यामेरा केन्दि्रत आर-९ एसले विशेष भुमिका खेलेको उल्लेख छ । त्यसैगरी बाहिरी बजारमा समेत ओप्पोको बृद्धिदर निकै राम्रो रहेको प्रतिवेदनले जनाएको छ ।

एसियाका अन्य भाग तथा मध्य पूर्वी र अफ्रिकी क्षेत्रमा समेत ओप्पोले बलियो विक्रि सञ्जाल मार्फत आफ्नो उपस्थिती जनाउन सफल हुँदै गएको छ । भारतिय बजारको  ‘एबोभ द लाइन’ तथा ‘बिलो द लाइन’ क्रियाकलापमा समेत ओप्पो निकै आक्रामक तरिकले लागि परेको छ । त्यसैगरी ईन्डोनेशिया लगायत दक्षिणपूर्वी एसियाली देशहरुमा समेत आफ्नो सेवा केन्द्र स्थापना गर्दै विक्रि पछिको सेवामा उत्कृष्टता प्रदान गर्न थालेको आडीसीद्वारा प्रस्तुत प्रतिवेदन मार्फत जानकारी दिइएको छ ।

नेपालमा मिड रेञ्ज्ड फोन सर्वाधिक लोकप्रिय

यही सन्दर्भमा ओप्पो नेपालले नेपाली बजारमा ओप्पोको उपस्थितीका बारेमा अध्ययन गरेका छौँ । विक्रेता, उपभोक्ता लगायत फोनसंग प्रत्यक्ष सम्पर्क तथा जानकारी राख्ने सरोकारवाला समावेश उक्त अध्ययनमा सहभागी मध्ये करिव ८० प्रतिशतले अहिले बजारमा सर्वाधिक राम्रो प्रदर्शनी गरिरहेको स्मार्टफोन ब्राण्डका रुपमा ओप्पोकै नाम लिएका छन् । उनीहरुमध्ये ९० प्रतिशतले कम्पनीका मिड रेञ्ज फोनहरुको लोकपि्रयता बढी रहेको बताए । विक्रेताहरुका अनुसार पनि कम्पनीको एफवान एस र हालै सार्वजनिक गरिएको डुअल सेल्फी क्यामेरा फोन एफथ्रीको लोकपि्रयता ब्यापक छ । क्रमश: रु. ३१ हजार ९ सय ९० र ३२ हजार ९ सय ९०  पर्ने यी दूबै स्मार्टफोन मिड रेञ्ज बजार लक्षित हुन् ।

सर्वेक्षणमा सहभागीहरुले बताएअनुसार विशेषगरी सेल्फीका शौखिन यूवा उपभोक्ता माझ यी फोन सर्वाधिक लोकपि्रय छन् । पाको न्यूरोड स्थित एम-जोन प्रालिका सञ्चालक श्रीराज महर्जनले पनि आफ्नो पसलमा आउने अधिकांश ग्राहकको माग ओप्पो नै हुने गरेको बताए । ‘बजारमा आएको छोटो अवधिमा नै ब्राण्डको लोकप्रियता पूराना सफल ब्राण्ड बराबर हुन लागिसकेको छ’ महर्जनले भने ‘कम्पनीको विशेष बजार नीतिले यसमा उल्लेख्य भुमिका खेलेको छ ।’

ताम्राकार कम्प्लेक्स स्थित ई-जोन मोबाइलका प्रदिप मान सिं बानियाँ भन्छन-‘छोटो अवधिमै ओप्पोले कमाएको लोकपि्रयता बास्तवमै आशालाग्दो छ, स्थापित ब्राण्डहरु समेत पाखा लाग्ने स्थितीमा आइरहेको छ र ओप्पोले बजारमा आफ्नो स्थान दरिलो बनाउन सफल भएको छ ।’ उनले यो अबस्थालाई कायम राख्न सके आउने केही समयमै ओप्पोले नेपाली बजारमा पनि विश्व बजारमा झैँ उल्लेखनिय सफलता हात पार्ने उनको भनाई छ ।

सफलताका अन्य सूचक

नेपाली बजारमा नयाँ ब्राण्ड भए पनि कम्पनीले उत्साहजनक प्रदर्शनी गरिरहेको छ । कारोबार सुरु गरेको जम्मा १० महिनामै आफ्ना उत्पादन विक्रिका लागि ६ सय ५० भन्दा बढी आउटलेट्स स्थापना गरिसकेको छ । ओप्पोका अनुसार यसै बर्षको अन्त्यसम्म यो सङ्ख्या १ हजार पुर्‍याउने कम्पनीको लक्ष्य छ । विक्रि भएका फोनको उचित मर्मत सम्भार सेवा उपलब्ध गराइ उपभोक्तालाई सन्तुष्टि प्रदान गर्ने सोंचका साथ कम्पनीले देशका प्रमुख शहरहरुमा ५ ओटा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ । विक्रि पछिको ग्राहक सेवालाई थप सुदृढ बनाउने सोंचका साथ कम्पनीले यसै बर्षको अन्त्यसम्म थप ५ ओटा सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको कम्पनीले बताएको छ ।

रोजगारीमा पनि अग्रणी

सेवामा गुणस्तरका लागि कम्पनीले झण्डै ५ सय दक्ष तथा तालिम प्राप्त कर्मचारीहरुलाई रोजगारी प्रदान गरिसकेको छ । यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै, सेवाको गुणस्तर समेत राम्रो बनाउन सघाएको कम्पनीको भनाइ छ ।

विक्रि सञ्जाल बृद्धिका साथै यस बर्षपनि थप नेपालीले कम्पनीमा रोजगारी पाउने सम्भावना प्रबल रहेको छ । साथै, कम्पनीले प्रदान गर्ने सेवामा समयसापेक्ष सुधार तथा परिस्कृतिकरणका लागि कर्मचारीलाई विदेश लगेर तथा विदेशी तालिम प्रदायक मार्फत नेपालमै समेत तालिमको ब्यवस्था गरिरहेको कम्पनीले जानकारी दिएको छ । फलस्वरुप उत्कृष्ट विक्रि अनुभव तथा विक्रि पश्चातको सेवाका लागि कम्पनीलाई उपभोक्ता मार्फत उत्साहजनक प्रतिक्रिया समेत प्राप्त भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment