Comments Add Comment

दल दर्ता लगत्तै राजपा नेता बालुवाटार पुगे, चुनाव र संविधान संशोधनबारे छलफल

२३ असार, काठमाडौं  । संविधान संशोधनको अडान राख्दै आन्दोलन घोषणा गरेका राजपाका नेताहरुलाई सहमतिमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले पहल जारी राखेका छन् । देउवाको पहलमा राजपासहित शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएलगत्तै राजपा नेताहरु छलफलका लागि बालुवाटार पुगेका थिए । बैठकमा आगामी चुनाव, संविधान संशोधन लगायतका विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत छन् । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड छन् र राजपाका महन्थ ठाकुर लगायत शीर्ष नेता सहभागी छन् ।

राजपा नेताहरुले आजै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । यसलाई आगामी चुनावमा भाग लिने संकेतको रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment