Comments Add Comment

एकता कपूरले किन भनिन्, ‘समस्या सेक्स अपराध हो, सेक्स होइन’


महिला केन्द्रित  यौन कल्पनाको कारण सेन्सरबोर्डको लफडा झेलिरहेको फिल्म हो, ‘लिपस्टिक अन्डर माई बुर्का ।’
अब यो फिल्म एकता कपुरको कम्पनी ‘अल्ट बालाजी’ले सार्वजनिक गर्ने हिम्मत लिएको छ । कपुरले भनेकी छिन्, ‘केन्द्रिय  फिल्म प्रमाणन बोर्डका अध्यक्षसँग मलाई कुनै समस्या छैन ।’

मुम्बईमा सार्वजनिक भएको फिल्म ट्रेलरको सिलसिलामा पुरै स्टार कास्ट सहित एकता कपुर पनि उपस्थित थिइन् । उनले भनिन्, ‘फिल्मले महिलाको यौन कल्पनालाई दर्शाउँछ, जसलाई महसुष गर्दा समेत महिलाहरु लजाउँछन् । यो फिल्ममा मैले व्यवसाय होइन, आफ्नो दिलको आवाज सुनें ।’

महिलाले तन ढाक्नुपर्ने कि, पुरुषको आँखा ? 

उनले केन्द्रिय  फिल्म बोर्डप्रति पनि कटाक्ष गर्न भ्याइन् । भनिन्, ‘पहलाज निहलानी (बोर्डका अध्यक्ष)सँग कुनै गुनासो छैन । उसको आदर गर्छु । मलाई त गुनसो छ, केवल पितृसत्ता र रुढिवादी समाजप्रति ।’

एकतालाई सोधियो, ‘फिल्ममा यौनलाई जसरी मेन्सन गरिएको छ, त्यो विवादको बिषय बनेको छ ।’ जबाफमा एकताले भनिन्, ‘यौन अपराध समस्या हो, यौन होइन । महिलालाई आफ्नो तन ढाक्नका लागि भनिन्छ, तर पुरुषको भेंडाको जस्तो आँखा बदल्नका लागि होइन । नैतिकता निजी हुनुपर्छ ।’

जब म छोटो हाप पाइन्ट लगाएर मन्दिर गएँ

 

आफ्नो एक किस्सा साझा गर्दै एकताले भनिन् कि, एक पटक उनी जब सानो पाइन्ट लगाएर मन्दिर गइन्, प्रवेश गर्न पाइनन् । जबकी उत्तिकै छोटो पाइन्ट लगाएका युवालाई भने मन्दिर प्रवेशमा रोकटोक गरिएन ।

एकताले थपिन्, ‘मेरो टेलिभिजन शृंखलामा महिलाले साडी आवश्यै लगाउँछिन् । तर, पतिलाई परमेश्वर मानेर उसको खुट्टा ढोक्दैनन् ।’

यस टेलिभिजन धाराबाहिकबाट उनले बैवाहिक बलात्कार र घरेलु हिंसाको मुद्दा उठाएकी छिन् । अलंकृत श्रीवास्तव निर्देशिन ‘लिपस्टिक अन्डर माई बुर्का’ मा रत्ना पाठक हाह, कोंकणा सेन शर्मा, अहाना कुमारको मूख्य भूमिका छ । फिल्म २१ जुलाईमा सार्वजनिक हुनेछ ।

 एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment