Comments Add Comment

सेक्सप्रति किन घट्दैछ जापानीहरुको रुची ?

जापानका युवावर्गहरु सहवास गरिरहेका छैनन् ? नयाँ अध्ययन अनुसार जापानमा कहिल्यैपनि सेक्स नगरेका मानिसहरुको संख्या बढ्दो छ । त्यस्तै पछिल्लो समयमा सहवास गर्न छाडेका मानिसहरु पनि बढिरहेका छन् ।

जापानमा मानिसहरुको सेक्स प्रति घट्दो रुची के चिन्ताजनक छ ?

जापानको पहिचान लामो समयदेखि सेक्सका विषयमा विभिन्न फन्टासीहरुको रुपमा रहँदै आएको छ । यो देश लभ होटेलका लागि पनि चिनिन्छ । यस्तोमा जापानमा अहिले के भयो यस्तो, जसका कारण युवाहरुमा सेक्सको रुची समाप्त भयो ?

२६ वर्षका एनो मात्सुई एक हास्यव्यंग्यकार हुन् । उनी भन्छन् : म सँग आत्मविश्वास छैन । म केटीहरुबीच कहिल्यैपनि लोकपि्रय भईन । एकपटक मैले एकजना केटीसँग भने तर उनले नकारी । त्यो मेरो लागि प्रताडना भन्दा कम थिएन ।

जापानमा १८ देखि ३४ वर्ष उमेरका ४३ प्रतिशत मानिसले कहिल्यैपनि सेक्स गरेका छैनन् । ५२ प्रतिशत मानिसहरु आफुलाई भर्जिन भन्छन् । त्यस्तै ६४ प्रतिशतले आफु हाल कुनैप्नि रिलेसनमा नरहेको बताउँछन् ।

जापानी युवाहरुमा युवतीहरुबाट अस्विकृत हुने डर बढिरहेको छ । जसका कारण युवाहरु आफ्नो खाली समय आफ्ना इच्छा पूरा गर्नमा गुजार्दछन्, जसमा एनिमेशन प्रमुख बनेको छ : कलाकार मात्सुई भन्छन् ।

युवाहरुमा मात्र होइन, युवतीहरुमा पनि सेक्स प्रतिको रुची घटेको छ । २४ वर्षकी एना अकाउन्ट अफिसर हुन् । उनी भन्छिन् ः मलाई सेक्स गर्नु भन्दा खाना खानु तथा निद्रा लगाउने वाइन पिउनु मन पर्दछ । सेक्स मेरो लागि आवश्यक पनि छैन र चाहना पनि छैन ।

आफुलाई कुनै ब्वायप|mेण्डले आफ्नो स्वतन्त्रतामा अंकुश लगाओस् भन्ने चाहना नभएको उनी बताउँछिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment