Comments Add Comment

गाईको खप्पर लगाएर किन गरे महिलाले आन्दोलन ?

महिलाहरु कोही सडकमा हिँडिरहेका छन् । कसैले अफिसमा काम गरिरहेका छन् भने कतिले घरमै पियानो बजाईरहेका छन् । कोही डुंगा सयर गरिरहेका छन् भने कोही रेष्टुरेन्टको टेबलमा छन् । तर यी सबैले एउटा अचम्म गरिरहेका छन् । त्यो के भने यिनीहरुले खप्पर लगाएका छन् ।

गाईको खप्पर लगाउने यी महिलाहरु भारतीय महिलाहरु हुन् । वास्तवमा यो उनीहरुको आन्दोलन हो । महिलाहरुमाथि हुने बढ्दो हिंसाका विरुद्धमा उनीहरुले गाईको खप्पर लगाएर आन्दोलन सुरु गरेका हुन् ।

भारतमा महिलाहरु गाई भन्दा पनि असुरक्षित रहेको तर्क उनीहरुको छ । त्यस्तै महिलाको खप्परे आन्दोलनको अर्को सन्देश पनि छ । उनीहरु गाईको मासु खाएकै आरोपमा धार्मिक अल्पसंख्यक माथि भईरहेको आक्रमणको पनि एकसाथ विरोध गरिरहेका छन् ।

गाईको खप्पर लगाएर विभिन्न अवस्थामा आफ्ना तस्वीरहरु खिचेर सोसल मिडियामा पोष्ट गर्ने ट्रेण्ड अहिले भारतमा खुबै बढेको छ । हेरौँ यस्ता केही रोचक तस्वीरहरु एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment