Comments Add Comment

टाँडी र निजगढमा बजाजको नयाँ शोरुम

२४ असार, काठमाडौं । बजाज बाइकको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चितवनको टाँडी र बाराको निजगढमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । रत्ननगरको बकुल्लर-८ मा निशास मोटर्स र निजगढमा नित्यम ट्रेडर्स पूर्ण सुविधा सहित सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम् मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ ।

यसैको माध्यमबाट हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने बताएको छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी टाँडी र निजगढमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टाँडी र निजगढमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।’

उनले थपे,’हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्धछौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment