शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

नाकाबन्दीमा फसेको दार्जीलिङलाई नेपालको दाल चामल

‘चिकेन नेक’ मा भारतीय नाकाबन्दी निस्प्रभावी हुने संकेत

अनलाइनखबर


२५ असार, इलाम । दार्जीलिङमा चलिरहेको आन्दोलनलाई निहुँ बनाएर भारत सरकारले आफ्नै नागरिकहरुलाई नाकाबन्दी लगाएपछि सीमा क्षेत्रका भारतीयहरुले नेपाली नाकाबाट खाद्यान्न उपभोग गर्न थालेका छन् ।

दार्जीलिङ, कालेम्पोङ, मिरिकलगायतका क्षेत्रहरुमा तीन सातादेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण आम हड्ताल हुनका साथै पश्चिम बंगाल सरकारले प्रहरी र सेना लगाएर पहाडी क्षेत्रमा खाद्यान्न लैजान रोक लगाएपछि भारतीय नागरिकहरु नेपाली बजारमा आश्रित हुन थालेका हुन् ।

सिलीगुडीबाट पहाड तर्फ खाद्यान्न ढुवानीमा रोक लगाइए पनि झापाको चारआली हुँदै इलामको पशुपतिनगर नाकाबाट दार्जीलिङ प्रवेश गर्न सकिने भएकाले भारतले यो नाका थुन्न सम्भव छैन । आवश्यक परेका यो नेपाली नाकाबाट सिक्किमसम्म खाद्यान्न ढुवानी गर्न सकिने स्थानीय बताउँछन् ।

सामरिक हिसाबले ‘चिकेन नेक’ मानिने भारतको पूर्वोत्तर नाकामा खाद्यान्न आपूर्ति बन्द गर्ने र दार्जीलिङ एवं सिक्किमबासीलाई भोकै पारेर गलाउने पश्चि बंगाल सरकारको नीति अन्ततः निस्प्रभावी बन्ने देखिएको छ ।

पशुपतिनगरको वैधानिक बाटोबाट भारततर्फ खाद्यान्न नलगिए पनि पशुपतिनगर-मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिकरुपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए ।

पशुपतिनगर-मानेभञ्ज्याङे कच्ची सडकमार्फत् सीमा बजार माने भञ्ज्याङमा दैनिक रूपमा पिकअप भ्यानबाट दाल, चामल लगायतका खाद्यान्न जाने गरेको मानेभञ्ज्याङका यातायात व्यवसायी पासाङ्ग तामाङले बताए

सामान्य अवस्थामा भारतीय बजारमा खाद्य सामाग्रीहरु तुलनात्मक रुपमा सस्तो पाइने भएकाले सीमा क्षेत्रका नेपालीहरुसमेत भारतीय बजारबाटजाने गर्दथे । तर, आन्दोलन र भारतीय सरकारको नाकाबन्दीका कारण त्यसको ठीक उल्टो भारतीय नागरिकहरु चाहिँ नेपाली बजारमा आश्रित हुन थालेका छन् ।

लामो बन्द र सरकारी नाकाबन्दीका कारण खाद्यान्न अभाव भएकाले सीमा क्षेत्रका भारतीयहरुले नेपाली बजारबाट खाद्यान्न किनेर लैजाने गरेको तामाङले बताए । ‘इलाममा पर्ने भारतीय सीमा क्षेत्रका बजारहरुमा खाद्यान्न भारतबाटै आउने गरेको थियो’ तामाङले भने– ‘अहिले नेपालबाट भारततिर खाद्यान्न गइराखेको छ । जौबारी, कालपोखरीलगायत सीमा बजारहरुमा चालम सकियो पठाइदिनु भनेर फोन आइरहेको छ ।’

उता दार्जीलिङ लगायत नेपालीहरुको संघन बसोबास भएको क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड माग गर्दै तीन सातादेखि आम हड्ताल गरेपछि पशुतिनगर बजार पनि पूरै बन्द छ । खाद्यान्नका पसलहरु भने खुलेका छन् ।

फाइल तस्वीर

सीमा क्षेत्रका बासिन्दाहरुले त्यही पसलहरुबाट खाद्यान्न किनेर लैजाने गरेका छन् । गाडी नचल्ने र भारतीय सुरक्षाकर्मीले तीन जनाभन्दा बढी हिँडडुल गर्न नदिने भएकाले थो–थोरै किनेर लैजाने गरेको पशुपनितगरका व्यवसायी मिलन क्षेत्रीले बताए । दार्जीलिङ लगायत पहाडी क्षेत्रमा खाद्यान्न आउन रोक्ने प्रहरी र सेना नभई पश्चिम बंगाल सरकारको समर्थकहरु रहेको पनि बताइएको छ ।

उता गोजमुमोले भने पश्चिम बंगाल सरकारले दार्जीलिङ, सिक्किमलगायत पहाडी क्षेत्रमा खाद्यान्न र औषधि आयातमा समेत रोग लगाएको जनाएको छ । उसले पश्चिम बंगाल सरकारको यो कार्य अमानवीय भएको भन्दै आपत्ति पनि जनाएको छ ।

पश्चिम बंगाल सरकारकी मूख्यमन्त्री ममता बेनर्जीले दार्जीलिङलगायत नेपाली भाषी भारतीयहरुको संघन बसोबास भएको विद्यालयहरुमा बंगाली भाषा अनिवार्य गर्ने बताएपछि गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन शुरु गरेको हो ।

भाषाबाट उठान भएको आन्दोलन अहिले अलग राज्य गोर्खाल्याण्डमा पुगेको छ । आन्दोलनका क्रममा तीन जनाको ज्यान गइसकेको छ । मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्डको लागि भइरहेको यो आन्दोलनलाई अन्तिम बनाउने बताउँदै आएका छन् ।

सिक्किमका मुख्यमन्त्री पनि रुष्ट 

गोर्खाल्याण्ड आन्दोलन वैधानिक हुँदा हुँदै पनि पश्चिम बंगाल सरकारले दमन गरेको र त्यसको मार सिक्किमलाई परेको भन्दै सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ राईले पश्चिम बंगाल सरकारलाई सर्वोच्च न्यायालयमा मुद्दा लगाउने बताएका छन् ।

पश्चिम बंगाल सरकारलाई ६० हजार करोडको क्षपिूर्ति दाबी गर्दै मुद्धा दायर गर्ने मुख्यमन्त्री चाम्लिङले बताएका छन् । उनले यसपटक खुलेरै गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेका छन् ।

यो पनि पढ्नुस्

दार्जीलिङमा फेरि तनाव बढ्यो, सुरक्षाकर्मीको गोलीबाट तीनको मृत्यु

२०७४ असार २५ गते १०:३१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१६ प्रतिकृयाहरू प्राप्त
  • Madhu लेख्नुहुन्छ    |   २०७४ असार २५ गते ११:०१

    झन्डा पनि नेपाल कै लेउ अब बिलम्ब नगरू नेपाल मै एकीकरण हौ
    सबै नेपाली यक हौ जय नेपाल जय नेपाली …!!!!

    87
    13
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७४ असार २५ गते ११:१३

    Yo awastah maa Darjeeling basi sabai lai sakdo sahayog garnu hami Nepali ko kartabya ho! Nepal sarkhar please help them as much as you can!

    48
    16
    Share

  • pramod लेख्नुहुन्छ    |   २०७४ असार २५ गते ११:४०

    what the hell?? saptari ma tytroo bhadi ayoo tra kohi pani help garne xaina tara indians lai help puryudaie xa …

    47
    12
    Share

  • MRAJAN लेख्नुहुन्छ    |   २०७४ असार २५ गते ११:५७

    INDIAKO UPANIBES KA GULAM HARU LE AFNO SWABHIMAN (DES BECHNE HARU)KO KURA NAGAREKAI BES. SUKKIM KO GULAM HARU LAI PELERAI DABAUNA SAKINCHHA TI NAMARDA SIKKIMEMLI INDIAN HARU LAI.

    8
    14
    Share

  • nepali nepali bhai bhai लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १३:०८

    yo india le jasari ni nepali lai nai dukh dine ra sakhaap parne khel kheldai ch. kahile nepal lai nakabandi garera ahile darjeeling lai. ani dukh ta sabai sikkim, meghalaya, himanchal jatatatai ko nepali lai dosro darja ko byabahar gareko chh ni. sabai mili kada birodh garnu jaruri chh.

    10
    5
    Share

  • Prakash Rai लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १३:४३

    लोहा पुरुष वल्लाभभाईको अखण्ड भारतको सपनामा वर्तमान भारतीय केन्द्र सरकार र पश्चिम बंगाल सरकार ले खेलवाड गर्दै छ l

    1
    2
    Share

  • दिलीप राज लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १४:१५

    hami jasto garib nepal ko daal chamal chai kina chahine ni uska neta le khuwoaudaina re.

    8
    5
    Share

  • نيبال लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १४:४४

    seema subedi lai jawaf dinu parchha aba….hami bhada majhne nepali haru ko desh bata gayeko chamal timiharu le pani khanu parne rahechha…..tara dhanda namana seema subedi haami sakunjel samma rashan paani di nai rahanchhau…

    12
    1
    Share

  • buddha raj bajracharya लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १६:२२

    Nakabandi ko birudda ma pani chhu. Tara pani yo Gorkhaland bhanne sabda ma Indian ( Darjeelingbasi) Lai dina sakdina. K taha bholi parsi Gorkhali Nepali ho bhanera hami le praman jutaunu parne hola ni? Jastai aile Buddha was born in Nepal bhanera prachar garnu pareko jastai. Belai ma sachet howaau Nepali janata.

    0
    1
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १६:५९

    भारतमा बसेका नेपालीहरुलाई भोके बस्न नदिने प्रबन्ध नेपाल तर्फका ब्यापारीहरुले मिलाईराख्नु मानबीय धर्म पनि हो ।

    12
    5
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ असार २५ गते २०:४२

    Sarpa (snake) lai milk deko jasto ta hundaina hola ni!! yo mon ta Bishal Xati vayeko Nepali ho………

    1
    1
    Share

  • Meera Basnet लेख्नुहुन्छ    |   २०७४ असार २६ गते १०:१६

    Darjiling and Gorkhaland is an own properties of Nepal. As the relationship of Nepalese blood. Nepal Government, please kindly help them as soon as possible.

    4
    2
    Share

  • Anuj Khanal लेख्नुहुन्छ    |   २०७४ असार २६ गते ११:१९

    Saptari ka janata ko dukha hera, tini haruko kura gara…..yi dhoti haruko kura garna banda garau.

    9
    1
    Share

  • haha लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १०:२०

    ab aya utth pahad ke niche.
    #backoffnepal lekhne darjeeling haru.SALA

    1
    0
    Share

  • nepali babu लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १०:२८

    या हो .. नेपालमाथी नाकबन्दी हुँदा कहिले कसरी अनी कत्ती चै दाल,चामल,औसधी दार्जीलिङतिर बाट आयो न्त हौ ? कहिले कसरी के भनेर तिन्ले नेपालमाथि लागेको नाकबन्दीको बिरोध गरे? हामी भन्दा दार्जीलिङका मान्छे धेरै बाठा छन कि । धेरैले नेपाली सँग छोटो बिहे गरेर नागरिकता र पास्पोर्ट पाए पछी टाप देको पनि छ । आच यार हामी नेपालीहरुलाई चै बित्थामा किन टाउको दुखेको अन्त ?? रड्डिज कुरा नगरम के ।

    0
    0
    Share

  • chudamani parajuli लेख्नुहुन्छ    |   २०७४ असार २७ गते १२:५१

    अाफ्नै देश भित्र पनि नाकावन्दी लगाउन सक्ने भारतले नेपाललाई कुनै सहनुभूती राख्छ भनि सोच्न सकिदैन । यो भारतको प्रस्ट चरित्र भएको प्रति विषेशगरी हामी सचेत हुन जरुरी छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this