शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

राप्रपाले ‘धोका’ नदिए केही दिनमै संविधान संशोधन !

यस्तो छ संसदको अंकगणित

अनलाइनखबर

२५ असार, काठमाडौं । सरकारले केही दिनमा नै संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेको छ । असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा राजपालाई समेट्न संशोधन अघि बढाउन लागिएको हो ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन विधेयक पास गर्न आवश्यक दुई तिहाई जुटाउन प्रयासरत छन् । ‘२/३ दिनमा नै संशोधन पास गर्ने गृहकार्य भइरहेको छ’ सत्तारुढ दलका एक नेताले भने, ‘त्यसका लागि चाहिने दुई तिहाई पुर्‍याउँछौं ।’

राष्ट्रिय जनता पार्टीले हालै मात्र निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको छ । तर, उसले चुनावमा जान संविधान संशोधन लगायतका आफ्ना माग पुरा हुनुपर्ने अडान पनि छाडेको छैन ।

संशोधन विधेयकलाई संसदको प्रक्रियामा लैजाने र पास फेल जे भएपनि त्यसलाई स्वीकार गरेर चुनाव जाने बचन राजपा नेताहरुले लिएको सत्तारुढ दलको दाबी छ । साथै प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पनि दुई तिहाई पुर्‍याएर संशोधन पास गराउने बचन दिएका छन् ।

राप्रपाले ‘धोका’ नदिए यसरी पुग्छ दुई तिहाई

पहिलो चरणको चुनाव अघि बैशाख १७ गते नै संशोधन पास गर्ने सरकारको तयारी थियो । तर, अन्तिम समयमा राप्रपाका १० सांसद हराएपछि यो प्रक्रिया अवरुद्ध भयो ।

संघीय समाजवादी फोरम चुनावमा आएपछि तत्कालीन मधेसी मोर्चामा रहेका अन्य छ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले भाग लिएन । दोस्रो चरणको चुनाव अघि प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सहमति भयो । केही ठाउँमा राजपाका नेताहरु स्वतन्त्र उम्मेदवार बने । तर, सिंगो पार्टी अझै चुनावी प्रक्रियामा आएको छैन ।

अहिले फेरि संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी सुरु भएको छ । तर, संशोधन विधेयक पास फेल के हुन्छ यसै भनिहाल्ने अवस्था छैन । यद्यपि राप्रपाले ‘धोका’ नदिए संशोधन विधेयकको पक्षमा दुई तिहाई पुग्ने सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

संसदमा अहिले सदस्य संख्या ५९२ छ । अर्थात संशोधन पास गर्न ३९५ सांसद चाहिन्छ । यस्तै यदि संशोधन विधेयकलाई पास हुन नदिने प्रमुख विपक्षी एमालेले आफ्नो पक्षमा १९८ सांसद पुर्‍याउन सक्नुपर्छ ।

अहिले संशोधनको विपक्षमा प्रष्ट १९८ सांसद छैनन् । एमालेको १८० सांसद छन् । मालेको ५, नेमकिपाको ४, रााष्ट्रिय जनमोर्चाका ३ सांसद र लक्ष्मण राजवंशी नेतृत्वको बौद्धिक जनतान्त्रिक परिषद्को एक सांसद छन् ।

यसरी हेर्दा एमाले गठवन्धनमा १९३ सांसद देखिन्छन् । तर, यो संशोधन रोक्नका लागि पर्याप्त छैन ।

हुन त अहिले एमाले गठवन्धनमा दुई सांसद भएको परिवार दल र मेघराज नेपाली निशाद नेतृत्वको एक सांसद भएको मधेस समता पार्टी पनि छ । तर, दुबै दलले कुनै पनि बेला आफ्नो निर्णय फेर्न सक्ने विश्लेषण छ ।

रोचक त के छ विपक्षी गठवन्धन जस्तो समस्यामा छ, त्यो समस्या सत्ता गठवन्धनमा पनि छ । उनीहरुसँग संशोधन पास गर्न चाहिने ३९५ सांसद प्रष्ट देखिएको छैन । कांग्रेसका २०७, माओवादी केन्द्रका ८१ (सभामुखले भोट नहाल्ने), राप्रपाका ३७ र राजपाका २४ सांसद छन् । फोरम लोकतान्त्रिकका १६, संघीय फोरमका १५ र नेकपा संयुक्तका ३ सांसद छन् । यो सबै जोड्दा ३८३ हुन्छ । यसमा निर्णायक साना दल छन् ।

संसदका एक सिटे दलहरु समाजवादी जनता दल (प्रेमबहादुर सिंह) थरुहट (रुक्मिणी चौधरी), खम्बुवान राष्ट्रिय मोर्चा (आरके खम्बु), जनजागरण पार्टी नेपाल (लोकमणि ढकाल), अखण्ड नेपाल (कुमार खड्का), जनता दल (हरिचरण शाह), स्वतन्त्र सांसद विन्देश्वर झा पनि संविधान संशोधनको पक्षमै देखिएका छन् । यो जोड्दा ३९० पुग्छ । यस्तै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका दुई सांसद पनि संशोधनको पक्षमा हुनेछन् ।

दुई सांसद भएको परिवार दलका साथै बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, मधेस समता पार्टीका मेघराज नेपाली निशादलाई पनि संशोधनको पक्षमा ल्याउन सकिने सत्तारुढ दलको बुझाइ छ । यसो गर्दा ३९६ हुन्छ ।

सत्तारुढ दलले अपेक्षा गरे अनुसार सबै भोट आउने हो भने संशोधनको पक्षमा दुई तिहाई पुग्ने देखिन्छ । तर, एक सांसद भएका दलको मात्र होइन, राप्रपाकै भर गर्ने अवस्था नरहेको एक नेताले बताए ।

प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीका नेता केशरबहादुर विष्टका छोरा विराज विष्ट राप्रपाका सांसद छन् । उनीको समूहमा ५ सांसद रहेको बताइन्छ । यदि यो समूह विपक्षमा उभिए संशोधन फेल हुन सक्छ । संविधान संशोधनमा के गर्ने भन्नेबारे राप्रपाले पार्टीको बैठक बोलाएको छ ।

२०७४ असार २५ गते २०:२६ मा प्रकाशित (२०७४ असार २६ गते २०:१८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१६ प्रतिकृयाहरू प्राप्त
  • bhim Subedi लेख्नुहुन्छ    |   २०७४ असार २५ गते ११:४४

    राष्ट्रियता माथी बलात्कार गर्ने मौका यही हो
    खाओ कसैेले मन्त्रि खाओ, कसैले दशौं करोट खाओ अनि राष्ट्रियता कमजोर पार देशका उपियाँ,उडुस र जुकाहरु “बलात्कारीहरु”

    166
    30
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १२:०१

    राप्रपाले ‘धोका’ नदिए केही दिनमै संविधान संशोधन
    Kamal Thapa lai SENIOR DEPUTY PRIME MINISTER diyo vane RPP le dhoka didaina. 100% SURE.

    92
    11
    Share

  • DB RAI लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १२:२४

    This is positive way to ammend constitution’s chapter

    37
    86
    Share

  • भरत प्रसाद नेपाल, नक्साल, काठमाडौं लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १२:५०

    राप्रपाकै भर गर्ने अवस्था रहे सर्बप्रथम कमल थापालाइे उपप्रधानमन्त्री दिन पर्छ । यदी उपप्रधानमन्त्री नदियको अवस्थामा कमल थापा कस्तो चरित्रका मानिस छ सबै नेपाली जनताहरुलाइे थाहा नभयको होइन । उ आफु मन्त्री भएर आफुले भने जस्तो गर्न नपाय जे पनि गर्न तयार हुन्छ । राजाको पालामा आफुले भने जस्तो गर्न नपायर राजालाइे धलियो, प्रचन्ड सरकार धालियो, ओली सरकार धालियो, ९ करोद खाइे हिन्दू राज्य नेपालबाट धर्म निर्पेच्छ् राज्य बनायो भने एस्ता चरित्रहिन ब्यक्तिलाइे के भन्ने र ? पैसाको लागि के कुन्नी के के पनि खान्छ भन्छ हो त्यस्तै हो ।

    47
    8
    Share

  • toya लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १३:१८

    राप्रपा संसोधन नगर। यो संसोधन जसरीपनि फेल हुनु पर्छ।

    79
    19
    Share

  • BIRKHE लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १३:४९

    ९० प्रतिसत ले बनाएको संबिधान आमन्या हुने रे अनी ६७ प्रतिशत ले सम्सोधन गरेको संबिधान हामीले किन मान्ने अनी ३३ प्रतिसत ले अस्विकर गरेको संबिधान कसरी न्यये पूर्ण हुन्छ ????? खबरदार देश मा आगो को ज्वाला दन्किन सक्छ , चेतना भया
    जय नेपाल

    89
    16
    Share

  • chandrika लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १४:२८

    yadi sambidhan sanaodhan bhaen bhane chunaw hudain r chunaw bhaen bhane yo ekatamak sasan padhti ko sambidhah mashesh swikar gardain

    8
    39
    Share

  • rohan लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १४:३०

    yo samshodhan pass nagara kamal thapa

    53
    11
    Share

  • बिजय कुमार श्रेष्ठ (बझाङ्ग) लेख्नुहुन्छ    |   २०७४ असार २५ गते २०:५०

    बहुसंख्यक राष्ट्रवादी देशभक्त नागरिकबाट निर्वाचित भएका साँसदहरुको भावनालाई बेवास्ता गरी केही नेपाली नागरिक र केही अंगीकृत नागरिकहरुबाट निर्वाचित साँसदहरुको मुखबाट राखिएको भारतीय स्वार्थमा आधारित संविधान संशोधनको प्रस्तावमा मरिहत्ते गर्नुको पछाडीको वास्तविक तथ्य सबै नेपाली देशभक्त नागरिकहरुले केस्रा केस्रा गरी बुझ्नु आवश्यक छ । नेपालको हित भन्दा भारतीय हितलाई प्राथमिकता दिने पार्टीका कार्यकर्ताले पनि गहन रुपमा बुझ्नु आवश्यक छ की पार्टी ठुलो हो की देश ? उत्तर आफ्नै दिमागबाट निस्किने छ । अनि जे उत्तर आउँछ त्यसै अनुसार नेपालको हितमा लाग्नुहोस । यस सन्दर्भमा राष्ट्रवादी देशभक्त साँसदहरुले आ-आफ्नो पार्टीको जुनसुकै निर्णय भए पनि देशहितलाई परित्याग गर्नसक्ने छैनन् । जुन ब्यबहार यसभन्दा अघि राप्रपाका १० जना देशभक्त साँसदहरुले देखाईसक्नु भएको छ ।

    18
    2
    Share

  • Abinash Raja लेख्नुहुन्छ    |   २०७४ असार २५ गते २१:४०

    This is necessary to make against parties of constitution.it is one process which is required according to time and situation.constitution amendment is process it cant affect country in any way its good.unity is required for development

    0
    0
    Share

  • सुरेन्द्र अ्मात्य लेख्नुहुन्छ    |   २०७४ असार २५ गते २२:२१

    हिन्दु धर्म लाई पनि सम्बोधन हुने हो भने रा प्र पा ले ढोका दिदैन।

    8
    0
    Share

  • कृष्ण तिवारी लेख्नुहुन्छ    |   २०७४ असार २६ गते १:५०

    प्रजातान्त्रिक समाजवाद काे नारा दिनेले गाउपालिका र नगरपालिका का प्रमुखले राष्ट्र प्रमुखकाे ईलेक्ट्राेलबाट बन्चीत पर्ने विधेककाे पक्षमा मत जाहेर गर्नु प्रजातान्त्रिक हुन सक्छ ।

    3
    0
    Share

  • जिन्स लामा लेख्नुहुन्छ    |   २०७४ असार २६ गते ७:२७

    बहुमत को कदर हुनु पर्छ। सबै नेपाली हुन। मधेसी ।।पहाडी भनेर आफैलाई छुट्याउन हुन्न।

    10
    1
    Share

  • सुदिन सुबेदी लेख्नुहुन्छ    |   २०७४ असार २६ गते ८:२४

    यदि राप्रपा जनताका लागि हो भने राप्रपाले यसलाई जसरि पनि फेल गराउनैपर्छ । किनकि यो संशोधन जनताको लागि नभएर मधेसी नेताको लागि हो । यी मधेसी नेताहरु मधेसका जनताका लागि संशोधन गर्ने रे, जबकी मधेसका जनताहरुलाई नै यो मान्य छैन । हेरौ राप्रपाले नेपाली जनताको विश्वास गुमाउने छैन ।

    18
    2
    Share

  • bikash giri लेख्नुहुन्छ    |   २०७४ असार २६ गते ९:०४

    सीमांकन हेरफेर यो संसदले गर्न सक्दैन । स्थानीय एकाईहरु बृद्दी गर्न आयोग नबनेको र स्थानीय तहको तेश्रो चरणको निर्वाचन बाकी नै रहेकाले यतिबेला स्थानीय एकाईहरु बृद्दी गर्नु नैतिक रुपमा मात्रै हैन कानुनी रुपमा समेत असंबैधानिक समेत हुदा पनि यो सरकार किन र के का लागि संबिधान संशोधनको नौटंकि देखाउदैछ ?

    6
    0
    Share

  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ असार २६ गते ९:२१

    राष्ट्र राष्ट्रियता र नेपालीपनको सवाल हेरेर बुझेर मात्रै संविधान संशाेधनमा लाग्नु राम्रो हुनेछ । राप्रपाले भारतपरस्तहरुलाई धोका दिनु स्वाभाविकै होला तर नेपाल र नेपालीलाई धोका दिनु भएन ।

    8
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this