शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

रजस्वलाः एक प्रसङ्ग

सुशीला शर्मा

समाज परिवर्तनका कुनै पनि जायज माग, सवाल र मुद्दा झट्ट सुन्दा असम्भव, कोरा कल्पना र वकवास जस्ता लागे पनि समय क्रममा ती माग सम्बोधन भएरै छाड्छन् । महिला आन्दोलनको इतिहास केलाउँदा महिलाले पढ्न पाउने, घर बाहिरका अफिसियल काम गर्न पाउनुपर्ने जस्ता विषयका लागि पनि ठूलै संघर्ष गर्नुपर्‍यो ।

महिलाले राजनीति गर्न पाउनुपर्ने, मतदानमा भाग लिन पाउनुपर्ने सेना र प्रहरीमा प्रवेश पाउनुपर्ने, पैतृक सम्पत्तिमा छोरासरह समान अधिकार पाउने जस्ता अधिकार प्राप्तिका निम्ति कम्ति संघर्ष, मिहिनेत र समय खर्च गर्नुपरेन ।

अहिले सामाजिक सञ्जालमा महिलामा हुने मासिक श्राव वा रजस्वलाका विषयमा अनुभव, जिज्ञासा, छलफल, तर्क-वितर्क छ्यास्छ्यास्ती छाउन थालेका छन् । नारीको प्रकृतिप्रदत्त गुण, सृष्टिको नियम चलाउने एउटा अत्यावश्यक प्रक्रिया, रजस्वलाको विषयमा समाज किन अझै यतिबिघ्न अन्ध विस्वासी, लापरवाह हुनुपर्‍यो ?

हाम्रा धर्मग्रन्थले नारी मात्रमा हुने यो एउटा स्वाभाविक प्रक्रियालाई किन ‘उ जुनीको पाप’ भनेर अपव्याख्या गर्नुपर्‍यो ? ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ भनेर नारीलाई सम्मान गर्न खोजिएको हो कि उपहास ? होइन भने समाजले किन छाउपडी प्रथा अवलम्बन गर्नुपर्‍यो ? चार दिनसम्म किन नारी बिटुलो मानिने ? मन्दिर पूजाआजा, शुभ कर्ममा किन वर्जित ? यी सबै प्रश्नको जवाफ अझैसम्म चित्तबुझ्दो तरिकाले पाउन सकेकी छैन । झनै प्रथम रजस्वलाको विषयमा त समाज अति भयानक ढंगले किशोरीका मनमा डर र भय पैदा गराउँछ ।

ढिलै भए पनि महत्वपूर्ण र अत्यावश्यक कुराको उठान हुन थालेकोमा म व्यक्तिगत रूपमा खुसी छु । हामीले जन्मिएको घर, हुर्किएको समाजमा रजस्वलाका विषयमा सधैँ नकारात्मक र यसलाई गोप्य राख्नुपर्छ भन्ने सिक्यौं । अलि जान्ने र बुझ्ने भएपछि थोरै परिवर्तन गर्न लाग्दा हामी हाम्रै आमा, हजुरआमाहरूबाट चोरले झैँ पक्राउ पर्‍यौं । हामी गुनासाहरूबाट भाग्न चाह्यौं । हामी कतिपय शिक्षित नारीले पनि समाज परिवर्तनको जश-अपजशको जोखिम उठाउन सकेनौं ।

‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ भनेर नारीलाई सम्मान गर्न खोजिएको हो कि उपहास ? होइन भने समाजले किन छाउपडी प्रथा अवलम्बन गर्नुपर्‍यो ? चार दिनसम्म किन नारी बिटुलो मानिने ? मन्दिर पूजाआजा, शुभ कर्ममा किन वर्जित ? यी सबै प्रश्नको जवाफ अझैसम्म चित्तबुझ्दो तरिकाले पाउन सकेकी छैन ।

फलस्वरूप हामी अनावश्यकरूपमा पीडित बनिरह्यौं । महिनैपिच्छे रजस्वला हुँदाको पीडा (पेट असाध्य दुख्ने, ढाड र कम्मर दुख्ने, अत्यधिक रक्तश्राव हुने आदि ) लुकाएर बस्ने मात्र नभई काम अर्थात् कलेज जान पनि असमर्थ भयौँ । भूलवश लुगाको सप्को र फेरमा दाग लाग्दा साथीभाइको हुनसम्मको बेइज्जती पनि सहन बाध्य भयौं ।

केही समयअघि, मित्र राधिकाजीले आफ्नी छोरीको प्रथम रजस्वलाको विषयलाई लिएर सामाजिक सञ्जालमा खुसी व्यक्त गरिरहँदा साँच्चिकै मभित्र एउटा अनौठो ऊर्जाशील तरंग थपियो । कतिपयले उहाँको यो ‘साहस’ भने कतिपयले आरोप र अश्लील गाली पनि गरे । राधिकाजीकै स्ट्याटस र तिनका नकारात्मक टिप्पणीकारहरू माथि सम्बोधन हुने गरी जापानबाट हेमन्त गिरीजीले असाध्य चोटिलो, यथार्थ र मर्मस्पर्शी कविता पनि लेख्नुभयो ।

अहिले रजस्वलाको विषयमा मिडियामा केही अभिव्यक्ति, अनुभव, जिज्ञासा लगायत सवाल उठ्न थालेका छन् । एउटी हिमाल आरोही महिलाले हिमाल चढ्दा चढ्दै खुट्टा गलेर आफूलाई गाह्रो भएको बताउँदै उनले अन्तर्वार्तामा लजाउँदै आफ्नो मासिक धर्म चलिरहेको कुरा बताएकी रहिछन् । हाम्रो समाजमा ‘रजस्वला’ लुकाउनुपर्ने कुरा हो भन्ने बुझेर आएकी म पश्चिमा संस्कृति र रजस्वलाको विषयलाई चेतनाका हिसाबले गम्भीरपूर्वक लिए पनि कानूनी हिसाबले भने कमजोर नै देखियो ।

क्यानेडियन संस्कृतिमा विशेष गरी रजस्वलाबारे खुलेर कुराकानी आदानप्रदान त हुन्छ नै तर नीतिगत सवालमा पनि महिला रजस्वलाको पीडा र समस्यामा सम्बोधित हुन चाहन्छन् । एक क्यानेडियन सहकर्मी भन्छिन् ‘हामी कतिपय महिला रजस्वलाको समय काममा जान सक्दैनौं, यसो भनौं, हामी प्रत्येक महिनाको ४ दिन बिरामी पर्छौं । यो कुरा हामी हाम्रो कामको म्यानेजरलाई भन्न सक्दैनौं, भन्न सके पनि अरू बिरामी पर्दा जस्तो गरी बिरामी बिदाको उपभोग गर्न सक्दैनौं । त्यसका लागि हामीलाई कानूनको खाँचो पर्छ ।’

हाम्रो समाजमा ‘रजस्वला’ लुकाउनुपर्ने कुरा हो भन्ने बुझेर आएकी म पश्चिमा संस्कृति र रजस्वलाको विषयलाई चेतनाका हिसाबले गम्भीरपूर्वक लिए पनि कानूनी हिसाबले भने कमजोर नै देखियो ।

हालै मात्र क्यानेडियन न्युजपेपरमा एउटा लेख पढें, जुन संयोगवश रजस्वलाकै विषयमा परेछ । सपोर्ट ओमन वीथ पोलिसिज द्याट इम्ब्रेस मिन्सटुअल साइकल शीर्षकमा भिक्सी म्याकोमा लेख्छिन्- ‘रजस्वलाको समय अति नै पेट दुख्ने र पीडा हुने महिलाका लागि ‘रजस्वला तलब बिदा’ उपलब्ध गरिनुपर्छ । यसअघि सुत्केरी बिदा, भइपरी आउने बिदा, काज-किरिया बिदा, आपतकालीन विभिन्न प्रकारका बिदाको व्यवस्था गरिसकेको प्रान्तीय तथा केन्द्र सरकारले अबको बिदामा ‘रजस्वला विदा’ को पनि व्यवस्था गर्नुपर्ने जोडदार माग लेखिकाले गरेकी छन् ।

लेखको निष्कर्ष महिलाले सुत्केरी तलब बिदा पाए अबको महिला आन्दोलनको लडाइँ रजस्वला अवधिको पनि तलब बिदा पाउनुपर्ने भन्ने देखिन्छ ।

हामी विकसित देशमा उठिरहेका सवालको कल्पनासम्म गर्न सकौंला, तिनको कार्यान्वयनको आशा गर्न सकौंला । तर, हाम्रो सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन सकेनौं ।

क्यानडा

२०७४ असार २५ गते १२:२० मा प्रकाशित (२०७४ असार २६ गते १२:२८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
५ प्रतिकृयाहरू प्राप्त
  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७४ असार २५ गते १५:०८

    Don’t talk, Don’t Tell, Don’t Ask !!
    Just maintain personal hygiene with a sanitary towel!!!
    This should not be taken as seed for $$$$$$$ KHETI !!!

    18
    6
    Share

  • Krishna Prasad Ghimire लेख्नुहुन्छ    |   २०७४ असार २६ गते १०:४१

    BIDA BHANDA PANI MAHINABARI BATA HUNE PIDA UNMULANKO KASARI GARNA SAKINCHHA BHANNE TIRA BAHAS CHALAUNE PO HO KI ?

    6
    7
    Share

  • kapil osti लेख्नुहुन्छ    |   २०७४ असार २९ गते १३:२६

    machikne maden tero ama le talai janmaunai naparne thiyo pida huncha bhanera

    0
    0
    Share

  • Bodh Shrestha लेख्नुहुन्छ    |   २०७४ असार २९ गते २३:११

    Relevent, realistic, realized article👍 I liked it. If possible, seek and share solution by next article.
    Congratulation Sushila!

    1
    0
    Share

  • mamata acharya लेख्नुहुन्छ    |   २०७४ असार ३१ गते १७:०५

    हामी विकसित देशमा उठिरहेका सवालको कल्पनासम्म गर्न सकौंला तर,सोचाइ र व्यवहारमा परिवर्तन ल्याउन सकेनौं ।

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this