Comments Add Comment

नीताको बोल्ड फेसन


फेसनका मामालामा नेपाली चलचित्रका नायिकाहरु परिवर्तित हुँदैछन् । सामान्य पहिरनमा रमाउने नायिकाहरु पनि अहिले बोल्ड पहिरनमा रमाउन थालेका छन् ।

नायिका नीता ढुंगाना पनि अहिले बोल्ड पहिरनमा अग्रसर देखिएकी छिन् । विदेश जाँदा आफ्ना हट तस्बिर सार्वजनिक गरेर चर्चा बटुल्ने गरेकी नायिकाले हेटौडमा आयोजना भएको ‘नवौ डी सिने अवार्ड’मा पनि बोल्ड पहिरन लगाइन् ।

नीताले लगाएको पहिरनको अगाडि र पछाडिको भाग धेरै खुलेको थियो । पहिरन र मेकअपकै लागि समय लगाउँदा नीता कार्यक्रममा ढिला पुगेकी थिइन् ।

चलचित्र असफल भएपनि नीताको व्यस्तता राम्रै छ । उनै, नीताले अब आफूलाई हट फेसनका माध्यमबाट पनि चर्चामा ल्याउन चाहेको हुनसक्छ ।

 

तस्बिरः श्रीधर पौडेल

नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment