Comments Add Comment

एन्ड्रोइड प्रयोगकर्ताहरु कपिक्याट भाइरसको खतरामा 

एन्ड्रोइड फोन प्रयोग गरिरहनुभएको छ भने सावधान हुनुहोस् ।  कपिक्याट नामक भाइरसले १ करोड ४० लाख भन्दा धेरै एन्ड्रोइड डिभाइसलाई निसाना बनाइसकेको छ । यसबाट ह्याकरहरुले १५ लाख डलर कमाइसकेका छन् ।

फर्जी विज्ञापनबाट प्राप्त आम्दानीको माध्यमले ह्याकरहरुले २ महिनामा कमाएको रकम हो यो ।

यस तथ्यको खुलासा इजरायलस्थित आइटी सेक्योरिटी कम्पनी चेक प्वाइन्टले गरेको छ । कम्पनीले एक ब्लग पोष्टमा भनेको छ की यस मालवेयरले खासगरी दक्षिण पूर्वी एसियाका प्रयोगकर्तालाई निसाना बनाएको छ । जसमा २ लाख ८० हजार एन्ड्रोइड प्रयोगकर्ता छन् ।

उक्त कपिक्याट मालवेयरका पछाडि को छ भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन । तर चिनिया एड नेटवर्क मोबिसमरमाथि शंका गरिएको छ ।

उक्त मालवेयरले चिनिया डिभाइसहरुलाई आक्रमण नगर्ने हुनाले पनि यस्तो शंका बढेको हो । चेकप्वाइन्टले गुगललाई यसको जानकारी दिएको छ । कपिक्याट गुगल प्लेस्टोरबाट फैलिएको बारेमा भने कुनै सबूत फेला परेको छैन ।

चेकप्वाइन्टका अनुसार कपिक्याटबाट प्रभावित डिभाइसहरु अझैपनि मालवेयरको चपेटामा पर्न सक्दछन् । एड फ्रड अर्थात् विज्ञापनिक ठगी गर्नका लागि कपिक्याटले आधुनिक प्रविधिको प्रयोग गर्दछ ।

शोधकर्ताका अनुसार कपिक्याटले सुरुमा प्रयोगकर्ताका डिभाइस्मा आफ्ना जरा गाड्दछ । त्यसपछि यसले ह्याकरको हातमा डिभाइसको पूर्ण नियन्त्रण प्रदान गर्दछ । त्यसपछि प्रयोगकर्ता चाहेर पनि बँच्न सक्दैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment