Comments Add Comment

पल र पूजा भन्छन्-‘म यस्तो गीत गाउँछु’सँग करिअर जोडिएको छ’


नायक पल शाहले पहिलो चलचित्र ‘नाई नभन्नु ल ४’बाट डेब्यू नायकको विधामा केही अवार्ड जिते । अब, उनी प्रतिस्पर्धात्मक दुनियाँमा दौडिरहेका छन् । उनी, अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु’ आउँदो शुक्रबार अर्थात असार ३० गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्र रिलिजसँगै पलले आउँदो बर्ष हुने अवार्डमा उत्कृष्ट नायकको विधामा प्रतिस्पर्धा गर्नुपर्नेछ । यता, नायिका पूजा शर्मा यही चलचित्रबाट निर्मात्री पनि बनेकी छिन् । निर्मात्री बनेपछि पूजाको दौडधुप दोहोरो छ ।

एकातिर, चलचित्र व्यापारिक रुपमा सफल हुनुपर्नेछ भने अर्कोतिर पूजा नायिकाको रुपमा पनि सफल हुनुपर्नेछ । यसैले पनि पल र पूजा ‘म यस्तो गीत गाउँछु’ आफूहरुका लागि करिअरकै चलचित्र भएको बताउँछन् ।

यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा पल र पूजाको डिमाण्ड नेपाली चलचित्र बजारमा चर्को हुने पक्का छ । यो चलचित्र चल्नुपर्ने कारण के त, पूजा भन्छिन्-‘यो चलचित्रको कथा उत्कृष्ट भएकाले नै हामीले फाइनल गरेका हौ । चलचित्रको गीत, कलाकार, प्रस्तुती सबै उत्कृष्ट छ ।’

यता, नायक पल शाह चलचित्र चल्नुपर्ने कारणबारे भन्छन्-‘पहिलो कुरा त यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्नुभएको हो । लभस्टोरी चलचित्रमा सुदर्शन थापाको आफ्नै विशेषता छ । साथमा, यसको कथावस्तु, गीतसंगीत पनि दर्शकको मन छुने खालको छ । यस्तै, चलचित्रमा पल र पूजाको जोडी पनि छ ।’

‘भन्छु आजदेखि कहाँ छ र जिन्दगीको’ जस्ता गीतसंगीत हिट भैसकेका छन् । लभस्टोरी चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितेको छ । यसैले, पनि करिअरसँग जोडिएको चलचित्रले दर्शकको मन जित्ने र व्यापारिक रुपमा सफल हुने पल र पूजाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment