Comments Add Comment

बुटवलको मिलनचोकमा बम बिस्फोट

२६ असार,बुटवल । रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट भएको छ।

राती साढे ९ बजे मिलनचोक नजिकको प्रतिक्षालयमा बम बिस्फोट भएको हो। बिस्फोटमा कुनै मानवीय क्षती भने भएको छैन ।

सुत्ने बेलामा बिस्फोट भएपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा भएको बम बिस्फोट कसले गरायो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए।

बम बिस्फोटको आवाज बुटवल बजारभर सुनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment