Comments Add Comment

घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण

२७ असार, नेपालगञ्ज । झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक बोकेर एक दम्पती मध्यरातमा घरबाट निस्किन्छ । साइकल चढेर केही पर पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गर्छ । गिँडलाई छुट्याएर टाउकोलाई साइकलमा राखेर प्रहरी कार्यालयमा आफूले हत्या गरेको प्रमाणसहित श्रीमान उपस्थित हुन्छ ।

प्रहरी घटनास्थलमा पुग्दा आमाको शरिर नजिकै दूधे बच्चा हिलोमा छटपटाउँदै रोइरहेको अवस्थामा भेटिन्छे ।

सुन्दा कुनै दन्त्य कथा जस्तो लाग्ने यो सत्य घटना बाँके कोहलपुरको मुस्लिम परिवारको हो । कोहलपुर ४ बेलनपुरका अहमद अफताल बेरुवाले २६ वर्षीया श्रीमती फुलटन बेरुवाको हत्या यसैगरी गरेका छन् । हत्यापछि अभियुक्तहरु फरार हुने गरे पनि अहमद अफताब भने आफै इलाका प्रहरी कार्यालय कोहलपुरमा श्रीमतीको टाउकोसहित पुगेका थिए ।

हत्यापछि श्रीमतीको टाउकोसहित उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा सोमबार मध्यराति आत्मसमर्पण गर्न आएको प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी दिए ।

त्यसपछि प्रहरी अहमदलाई समेत लिएर घटनास्थल प्रस्थान गरेको थियो । कोहलपुर १५ स्थित घटनास्थल पुग्दा फुलटन देबीको शव रगतको आहालमा थियो भने त्यसको नजिकै ६–७ महिनाकी उनकी छोरी हिलोमा छटपटाइरहेको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाम् भनेर जेठी श्रीमतीको हत्या गरेको उनले बताएका छन् ।

प्रहरीले अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment