Comments Add Comment

यो हो दुनियाकै एकान्तबासी परिवार


यो भागदौडपूर्ण जिन्दगीमा हरेक मानिस कुनै न कुनै समस्यालाई लिएर चिन्तित हुन्छ । यस्तैमा एक परिवार चाहिँ दैनिक सांसारिक जीवनलाई किनारा लगाउँदै अमेरिकी महाद्वीपको अलास्कास्थित नभिटना नदीभन्दा झण्डै ४ सय किलोमिटर टाढाको क्षेत्रमा एकान्तवासमा जाने गर्दछ । टाढा एकान्तमा बस्न पाएपछि मनमा शान्ति प्राप्त हुने विश्वासमा उक्त परिवार बिरानो ठाउँमा धाउने गरेको हो ।

उक्त परिवारमा ३ सदस्य छन् – बाबु, आमा र छोरा । बुवा नाम डेभिड एस्ले हो । आमा रोमी तथा छोरा स्काई एस्ले ।

यो दुनियाको सबैभन्दा एकान्तप्रेमी परिवार हो भन्दा फरक नपर्ला ।

बिदाको समयमा त छँदैछ, बिदाबाहेकमा पनि वर्षको एक–दुईपटक यो परिवार एकान्तवासमा जाने गर्दछ । उक्त ठाउँमा एश्ले परिवारका छिमेकीको रुपमा मानिस छैनन्, जंगली भालु तथा जंगली भेडा मात्र छन् । गर्मीयाममा लामखुट्टेको साम्राज्य चल्छ ।

त्यो परिवार सबैभन्दा पहिले सन् १९९९ मा उक्त क्षेत्रमा एकान्तवासमा गएको थियो । स्मरण रहोस्, ठण्डी मौसममा अलास्काको तापक्रम माइनस ६५ डिग्रीसम्म झर्दछ ।

एकान्तबासका लागि एस्ले परिवारले उक्त घनघोर एकान्त क्षेत्रमा बस्नका लागि एक घर पनि बनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment