Comments Add Comment

बोल्ड अशिष्मा


नायिका अशिष्मा नकर्मी आफूलाई नकारात्मक कुराले चर्चामा आउनु छैन भन्छिन् । राम्रो कुराले मात्र चर्चामा आउने चाहना उनको छ । हुनत, यस्तो चाहना धेरै कलाकारको हुन्छ । तर, पनि कुनै न कुनै कारणले कलाकारले नकारात्मक चर्चा भएको पाइन्छ ।

नायिका अशिष्मा नकर्मी को पहिरन भने हिजोआज खुल्न थालेको छ । तर, उनी खुलेको पहिरन भन्दा पनि आफूलाई सजिलो लाग्ने पहिरन लगाउने बताउँछिन् । उनले भनिन्-‘मलाई सामन्य रुपमा हिड्दा हट बन्न मन लाग्दैनँ । हट भन्दा पनि सजिलो लूगा लगाउन मनपर्छ ।’

अशिष्माले आफूलाई घामपानीको मौसम रोमान्टिक लाग्ने बताए । यस्तो समयमा आफ्नो मान्छेसँग हात समातेर हिड्न मन लाग्ने उनको भनाई छ । तर, आजसम्म त्यस्तो अवसर नजुटेको अशिष्माले बताइन् । उनले भनिन्-‘सायद अब बिहे गरेपछि नै यो जुर्छ होला । म लभ म्यारिज गर्दिनँ । घरबाट खोजेको केटासँग नै बिहे गर्छु ।’
विदेश यात्रा गरिसकेपछि भने अशिष्मालाई कुनै कलाकारको काम भन्दा पनि स्क्यान्डलले बढी चर्चा हुँदोरहेछ भन्ने लागेको छ । तर, उनी भन्छिन्-‘मलाई प्रेमको स्क्यान्डल भैदिए हुन्छ जस्तो लाग्छ । तर, आजसम्म त्यस्तो मान्छे नै भेटेकी छैनँ । सायद, अब कोही आउँछ कि ?’

अशिष्मा अहिले एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेकी छिन् । उनले ‘जस्मिन’ नामक चलचित्रमा काम गर्ने तयारी गरिरहेकी छिन् । आफूलाई अहिले चलचित्र क्षेत्रमा ‘लक’ लाग्न थालेको उनको भनाई छ ।

 

तस्बिरः श्रीधर पौडेल

अशिष्मासँग गरिएको ‘मस्ती टक’को भिडियो यहा हेर्नुहोस्:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment