Comments Add Comment

संविधान संशोधनमा सहमतिको प्रयास: राजपासँग कांग्रेस-माओवादीको छलफल

२७ असार, काठमाडौं । संविधान संशोधन लगायतका विषयमा छलफल गर्न कांग्रेस, माओवादी र राजपाका नेताहरुको संयुक्त बैठक बसीरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन सम्बन्धी राजपाको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

मंगलबार बिहान प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि छलफल गरिएको थियो । तर, एमालेले स्थानीय तह चुनावपछि मात्रै संशोधन प्रस्ताव ल्याउनुपर्ने धारणा राखेको थियो । बिहानको बैठकमा कुरा नमिलेपछि अहिले पुनः सत्तारुढ कांग्रेस-माओवादीले राजपाका नेताहरुसँग छलफल थालेका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्थ ठाकुर लगायतका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment