Comments Add Comment

कपिलवस्तुमा बसमा पेट्रोल बम प्रहार, एक घाइते

असार २७, कपिलवस्तु । कपिलवस्तुमा बसमा पेट्रोल बम प्रहार भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका-१ धानखोलामा विपल्व माओवादीका कार्यकर्ताहरुले पेट्रोल बम प्रहार गरेका हुन ।

बम प्रहारबाट बाँके नरैनापुर गाउँपालिका-१ का ६५ बर्षीय कमरुदिन जोलहा घाइते भएका हुन ।

घाइते जोलहालाई कपिलवस्तुको चन्द्रौटामा समान्य उपचारपछि थप उपचारको लागि रुपन्देहीको बुटवल रिफर गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदिश आर्यालले जानकारी दिए ।

जोलहा बसको पछाडिको सिटमा बसेका थिए । विप्लव माओवादीका कार्यकर्ताहरुले ना ५ ख ८९४८ नम्बरको बसमा ४ वटा पेट्रोल बम प्रहार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भटाराईले जानकारी दिए ।

काठमाडौंदेखि बाँके जाँदै गरेको सवारी साधनलाई प्रहरीले स्कटिङ गर्ने क्रममा पेट्रोल बम प्रहार भएको हो ।

विपल्प माओवादीले कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै बन्दको अहृवान गरेको थियो । मंगलबार नै जुम्लामा पनि ट्रकमा आगजनी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment