Comments Add Comment

कांग्रेसमा अन्तरघातः खुमबहादुरका भतिज बागी उठ्दा लमही गुम्यो, देउवालाई गृह जिल्लामै धक्का

२८ असार, काठमाडौं । दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित भए ।

बागी उम्मेदवार खड्का कांग्रेस नेता खुमबहादुर खड्काका भतिजा हुन् । त्यस्तै, गढवा र शान्तिनगर गाउँपालिकामा पनि बागी उम्मेदवार मैदानमा आए ।

तुल्सीपुर र घोराही उपमहानगरमा पनि कांग्रेसले हार व्यहोर्नुपर्यो । १० तहमध्ये ६ वटामा एमाले र एकमा माओवादीले जित्यो । कांग्रेसले तीन तहमा मात्रै चित्त बुझाउनुपर्यो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्रमा भारी मतले जितेको थियो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाका ९ वडामा कांग्रेसका बागी उम्मेदवार खडा भए । मेयरमा कांग्रेस डिल्लीराज जोशी १२८ मतले पराजित भए । वडा नम्बर ४ र ५ मा कांग्रेस वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधा पनि मेयरका उम्मेदवारले पाएनन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

डडेल्धुराकै अजयमेरु गाउँपालिकाको प्रमुखमा कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारको मत झन्डै दोब्बर आयो । कांग्रेसका कमलसिंह भाटले ८७२ मत ल्याउँदा बागी उम्मेदवार लोकराज भट्टले १,५६८ मत ल्याए । यो गाउँपालिकामा माओवादी केन्द्रका उमेश भट्ट विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment