Comments Add Comment

अर्को गायन रियालिटी शो हुँदै, ‘म यस्तो गीत गाउँछु’को सहकार्य


एपीवन टेलिभिजनबाट प्रशारण भैरहेको गायन रियालिटी शो ‘नेपाल आइडल’ले अहिले राम्रै चर्चा पाइरहेको छ । अब, नेपाली टेलिभिजनबाट अर्को गायन रियालिटी शो पनि सुरु हुने भएको छ ।

निकट भविष्यमै प्रशारण हुन लागेको टेलिभिजन ‘नेपाल दर्शन’ले ‘नेपाल दर्शन आइडल’ सुरु गर्न लागेको हो । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा रियालिटी शोको बारेमा जानकारी दिइयो । विजेताले नगद ५ लाख पुरस्कार, २ लाख बराबरको म्यूजिक भिडियो निर्माणको अवसर र थाइल्याण्ड टुरको प्याकेज पाउनेछन् ।

टेलिभिजनका अध्यक्ष सुजन आचार्यले यो रियालिटी शोले देशभरमा रहेका प्रतिभाको खोजी गर्ने बताए । यस्तै, यो रियालिटी शोसँग असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले सहकार्य गर्ने भएको छ । असार २९ गते अर्थात बिहिबार चलचित्रको टिम र ‘नेपाल दर्शन टेलिभिजिन’ले संयुक्त रुपमा बाइक र्‍याली आयोजना गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक सुदर्शन थापा, नायक पल शाह, नायिका पूजा शर्मा उपस्थित थिए । उनीहरुले, रियालिटी शोको सफलताको शुभकामना पनि दिए । कार्यक्रममा बोल्दै टेलिभिजनका प्रमुख सुजनले भने-‘हामीले ‘म यस्तो गीत गाउँछु’सँग सहकार्य गर्दा केही व्यक्तिहरुलाई टाउको दुखेको छ । उहाँहरुलाई म सिटामोल खान आग्रह गर्दछु ।’

चलचित्रका कलाकारद्धय पूजा र पलले अब ‘म यस्तो गीत गाउँछु’ हेर्न दर्शकहरुले आफूहरु आतुर भएको प्रतिक्रिया दिन थाल्नुभएको भन्दै एउटा उत्कृष्ट चलचित्र दर्शकहरुले हेर्न पाउने बताए । असार २९ गते देशभर चलचित्र र रियालिटी शोको प्रचार पनि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment