Comments Add Comment

फेसबुकबाट शुक्रकिट खोजेर पुरुषले जन्माए छोरी


बेलायतमा एकजना पुरुषले बच्चा जन्माएका छन् । हेडन क्रस नामक युवाले छोरी जन्माएका हुन् ।

ती पुरुष पहिले महिला थिए । आफ्नो लिंग परिवर्तन गरी उनी महिला बनेका थिए । उनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलिसकेको छ ।

हेडनले गर्भाधारण गरी आफुले बच्चा जन्माउनका लागि फेसबुकको माध्यमबाट शुक्रकिट दाताको खोजी गरेका थिए ।

गत जनवरी महिनामा जब हेडनले आफू गर्भवती भएको खुलासा गरे, तब उनी पूरै बेलायतभरि नै चर्चाको विषय बनेका थिए ।

धेरै मानिसले त्यसलाई प्रकृतिको नियमविपरितको कार्य भने । कतिपय चाहिँ उनको हुनेवाला बच्चाको स्वास्थ्यका विषयमा चिन्तित थिए । किनकि त्यस बच्चाको जन्म कुनै अन्जान शुक्रकिट दाताबाट हुँदै थियो ।

अन्ततः महिलाबाट पुरुष बनेका हेडले छोरी जन्माएका छन् । छोरीको नाम ट्रिनिटी लिफ राखिएको छ ।

बेलायतको ग्लूकोस्टरश्री रोयल हस्पिटलमा हेडनले बच्चा जन्माएका हुन् ।

हेडनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलेको छ । तर उनले जन्माएकी बच्चीको जन्मदर्तामा चाहिँ हेडन क्रसको नाम आमा नामको ठाउँमा लेखिएको छ । जबकि बुवाको नामको ठाउँ खाली छाडिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment