शुक्रबार, ६ साउन, २०७४
OnlineKhabar.com

फेसबुकबाट शुक्रकिट खोजेर पुरुषले जन्माए छोरी

अनलाइनखबर


बेलायतमा एकजना पुरुषले बच्चा जन्माएका छन् । हेडन क्रस नामक युवाले छोरी जन्माएका हुन् ।

ती पुरुष पहिले महिला थिए । आफ्नो लिंग परिवर्तन गरी उनी महिला बनेका थिए । उनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलिसकेको छ ।

हेडनले गर्भाधारण गरी आफुले बच्चा जन्माउनका लागि फेसबुकको माध्यमबाट शुक्रकिट दाताको खोजी गरेका थिए ।

गत जनवरी महिनामा जब हेडनले आफू गर्भवती भएको खुलासा गरे, तब उनी पूरै बेलायतभरि नै चर्चाको विषय बनेका थिए ।

धेरै मानिसले त्यसलाई प्रकृतिको नियमविपरितको कार्य भने । कतिपय चाहिँ उनको हुनेवाला बच्चाको स्वास्थ्यका विषयमा चिन्तित थिए । किनकि त्यस बच्चाको जन्म कुनै अन्जान शुक्रकिट दाताबाट हुँदै थियो ।

अन्ततः महिलाबाट पुरुष बनेका हेडले छोरी जन्माएका छन् । छोरीको नाम ट्रिनिटी लिफ राखिएको छ ।

बेलायतको ग्लूकोस्टरश्री रोयल हस्पिटलमा हेडनले बच्चा जन्माएका हुन् ।

हेडनलाई बेलायतमा कानूनी रुपमा पुरुषको दर्जा मिलेको छ । तर उनले जन्माएकी बच्चीको जन्मदर्तामा चाहिँ हेडन क्रसको नाम आमा नामको ठाउँमा लेखिएको छ । जबकि बुवाको नामको ठाउँ खाली छाडिएको छ ।

एजेन्सी

२०७४ असार २८ गते ११:४० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • भुषाल सप लेख्नुहुन्छ    |   २०७४ असार २८ गते १३:०३

    तै मोरा धर्मले जानेको छस् विश्व ब्रमाण्डका कुरा ।

    2
    2
    Share

  • Er. Rama Kant Gauro लेख्नुहुन्छ    |   २०७४ असार २९ गते १८:०६

    HO kerai

    1
    0
    Share

  • dinesh ojha लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १३:४४

    achammako kura suniyo

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this