Comments Add Comment

३० जिल्लाको जिससमा एमालेको एकलौटी, कांग्रेस ९ र माओवादीको ३ जिल्लामा बहुमत

फाइल तस्वीर

२८ असार, काठमाडौं । नेकपा एमालेले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम २ साताभित्र केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

स्थानीय तहको चुनाव भएका ६ प्रदेशका ६७ जिल्लाले सम्भावित उम्मेदवारको नाम र बहुमत नभएका ठाउँमा तालमेलको अवस्थाबारे केन्द्रमा जानकारी गराउनुपर्नेछ ।

चुनाव भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एमालेको एकल बहुमत रहेकाले अरु दलसँग तालमेल गर्नुपर्ने छैन । जिल्ला प्रमुख र उपप्रमुखको नाम केन्द्रले तय गर्ने र सदस्यहरुको नाम भने जिल्लाबाटै टुंगो लगाउने निर्णय भएको एमाले नेता गोकर्ण विष्टले बताए ।

कहाँ छ एमालेको बहुमत ?

एमालेले एकल जिल्ला समन्वय समिति बनाउने जिल्लाहरुमा प्रदेश नम्बर १ मा ताप्लेजुङ,इलाम,झापा छन् । त्यस्तै संखुवासभा, तेह्रथुम, धनकुटा, खोटाङ र उदपयुरमा पनि एमालेले एकल जिल्ला समन्वय समिति गठन गर्नेछ । प्रदेश नम्बर १ का भोजपुर र सोलुखुम्बुमा एमाले एकातिर र अरु दल एकातिर हुँदा बराबरी मत हुनेछ ।

प्रदेश नम्बर ३ मा एमालेले नुवाकोट,सिन्धुली र ललितपुर बाहेक सबै जिल्लामा एकल जिल्ला समन्वय समिति गठन गर्नेछ । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, रसुवा, धादिङ, मकवानपुर, चितवन र काठमाडौंमा एमालेले एकल जिल्ला समन्वय समिति गठन गर्नेछ ।

त्यस्तै प्रदेश नम्बर ४ मा एमालेले कास्की, लम्जुङ, स्याङ्जा, पर्वतमा एमालेले एकल जिल्ला समन्वय समिति बनाउनेछ । मनाङमा एमाले र स्वतन्त्र तथा कांग्रेसको बराबरी मत छ भने म्याग्दीमा एमाले राप्रपा गठबन्धन र कांग्रेसको बराबरी मत छ ।

प्रदेश नम्बर ५ मा एमालेले पाल्पा र गुल्मीमा मात्र एकल जिल्ला समन्वय समिति गठन गर्न पाउने भएको छ । दाङमा माओवादीलाई उपप्रमुख दिने सहमति भएको छ ।

प्रदेश नम्बर ६ मा डोल्पा र दैलेखमा एकल जिल्ला समन्वय समिति गठन गर्नेछ । प्रदेश नम्बर ७ मा डोटी, कन्चनपुर, बझाङमा एकल बहुमत सहित जिल्ला समन्वय समिति बनाउनेछ । कैलालीमा भने २६ मतमध्ये एमालेको १३ र अन्य सबै दलको १३ मत छ ।

कांग्रेस ९, माओवादी ३ जिल्लामा

कांग्रेसले कांग्रेसले ९ र माओवादी केन्द्रले ३ जिल्लामा एकल जिल्ला समन्वय समिति गठन गर्न पुग्ने बहुमत पाएका छन् ।

कुल ६७ जिल्लामा चुनाव भएकोमा २५ जिल्लामा कुनै पनि दलको एकल बहुमत छैन । जिल्ला समन्वय समितिमा बहुमत नभएका ठाउँमा दलहरुले तालमेल गर्नुपर्नेछ । अहिलेसम्म दाङमा एमाले र माओवादीबीच तालमेल भएको छ । त्यस्तै बाँकेमा एमाले र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment