Comments Add Comment

रानीबारी हत्याकाण्डः मनराज र प्रमेशलाई सर्वस्वसहित जन्मकैदको सजाय

२८ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले बुधबार मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

झण्डै १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । प्रहरीका अनुसार दुबै ‘कन्ट्राक्ट किलर’ हुन् । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

के हो रानीबारी हत्याकाण्ड ?

काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् । तर, उनीहरुको ‘टार्गेट’ भने श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्का थिइन्, जो म्यान पावर व्यवसायी थिइन् र अहिले देश बाहिर छिन् ।

गीताको हत्याका लागि सुपारी लिएको मनराजको समूहले हेमन्त र अञ्जलीको हत्या गरेका थिए । उनीहरुले श्रेष्ठ दम्पतीकी सात वर्षकी छोरीलाई पनि खुकरी हानेका थिए । तर, उनी बाँच्न सफल भएकी छन् ।

श्रेष्ठ दम्पत्तिको हत्यापछि मनराज र प्रमेशले घरबेटी गीताको पनि हत्या गर्न खोजेका थिए तर, गीता शौचालयमा लुकेका कारण बचिन् ।

यो पनि पढ्नुहोस् 

रानीबारी काण्ड : घरबेटी मार्न खोज्दा डेरावालको हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment